नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
राजनीति
Aug 23, 2018
प्रतिनिधिसभा– शून्य समय
 काठमाडौँ, भदौ  । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले निर्वाचन क्षेत्र, जिल्ला र समग्र मुलुकका समसामयिक विषयमा सदनमार्पmत सरकारको ध्यानाकर्षण गर्नुभयो । 

बैठकमा सांसद विमला नेपालीले काठमाडाँै उपत्यकाका सडक समयमै मर्मत गर्न नसक्दा राजधानीवासीले ठूलो सास्ती व्यहोर्नु परेको धारणा व्यक्त गर्नुभयो । 

सांसद भीमसेनदास प्रधानले महँगी र करका कारण नेपाली जनता मारमा परेकाले जनतालाई राहत दिने हो भने कम्तीमा पनि जन्म र मृत्यु दर्ता निःशुल्क गर्ने व्यवस्था गर्न सुझाव दिनुभयो । 

सांसद भूपेन्द्र थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लामा समावेश गर्न माग गर्नुभयो । सांसद महेश बस्नेतले भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इञ्जिनियरिङ कलेजमा भएको घोटालाको छानबिन गरी उक्त कलेज अब स्थानीय निकायले सञ्चालन गर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो । 

सांसद महेश्वरराज गहतराजले स्थानीय तहले गरेको करसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न आवश्यक रहेको छ भन्नुभयो । 

सांसद मायादेवी न्यौपानेले काठमाडाँै उपत्यकामा रहेका छाडा भुस्याहा कुकुरलाई नियन्त्रण गर्ने कार्य अविलम्ब शुरु होस् भन्नुभयो । 

सांसद मीनबहादुर विश्वकर्माले कञ्चनपुरमा केही दिनअघि भएको बलात्कारको घटनामा संलग्न दोषीलाई नियन्त्रण गरी कानूनी दायरामा ल्याउन सुझाव दिनुभयो । 

सांसद मीना सुब्बाले धरान नगर हेर्दा जति सुन्दर छ, त्यति नै विमानस्थल र सडक समस्या रहेको जनाउँदै सडक, बसपार्क र विमानस्थलको आवश्यक व्यवस्था गर्न माग गर्नुभयो । 

सांसद डा मीनेन्द्र रिजालले सरकारलाई जनताप्रति उत्तरदायी हुने व्यवस्था मिलाउन सदनको ध्यानाकर्षण गर्नुभयो । 

सांसद मीना पाण्डेले मुलुकका विभिन्न ठाउँमा भएका बलात्कारका घटनामा संलग्न अपराधीलाई कानूनी दायरामा ल्याउन माग गर्नुभयो । 

सांसद मैनाकुमारी भण्डारीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कानूनी दायरामा ल्याएर कारवाही चलाउन सुझाव दिनुभयो । 

सांसद यज्ञराज सुनुवारले मुलुकमा शान्ति र समृद्धि देख्न नचाहनेले हत्या हिंसाका घटना मच्चाएको हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद यशोदा सुवेदी गुरुङले भूूउपयोगसम्बन्धी नीति ल्याएर जग्गाको खण्डीकरण र भूक्षयीकरण रोक्न आवश्यक छ भन्नुभयो । 

सांसद रणमती शाहीले कञ्चनपुरमा बलात्कारीलाई पक्राउ गरेको विरोधको कार्यक्रममा भएको प्रहरी हस्तक्षेपको विरोध गर्नुभयो । 

सांसद राजन केसीले सांसद निरुपालमाथि भएको घटनाको छानबिनको अवस्था कहाँ पुग्यो, ३३ किलो सुन कहाँ गयो भन्नुभयो । 

सांसद राजेन्द्रकुमार राईले छिनताङ घटनाका शहीदका परिवारलाई राहत उपलब्ध गराउन माग गर्नुभयो । 

सांसद राधाकुमारी ज्ञवालीले सरकार र राजनीतिक दललाई संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न आवश्यक रहेको धारणा राख्नुभयो । 

सांसद रामबहादुर विष्टले संसद्मा उठाएका विषयमा सरकार गम्भीर नभएको भन्दै सांसद निरुदेवी पालमाथि भएको घटनाको छानबिन कहाँ पुग्यो भन्नुभयो । 
सांसद रामेश्वर रायले सर्लाही जिल्लालगायतका उखु किसानको चिनी मिलले भुक्तानी गर्न रु नौ अर्ब बाँकी रहेकाले उक्त बक्यौताको तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन विशेष पहल गर्न माग गर्नुभयो । 
सांसद लक्ष्मीकुमारी चौधरीले बर्खायाममा नदीबाट बालुटा, गिट्टी निकाल्न नपाइने भनिए पनि अहिले मुलुकमा विभिन्न खोलाबाट ती वस्तु निकाल्ने काम भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video