गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
स्थानीय सरकार
Aug 25, 2018
अलपत्र सडकका कारण व्यापार घाटा
 अजयकुमार साह 

महेन्द्रनगर, धनुषा,  भदौ 
 । भत्काइएका सडक समयमै नबन्दा प्रदेश २ को अस्थायी राजधानी जनकपुरका व्यापारी अहिले करोडौँ घाटा ब्यहोर्न बाध्य छन् भने कतिपय व्यापारी पलायनसमेत भएका छन् । 

एकीकृत शहरी विकास परियोजनाअन्तर्गत सडक निर्माणका लागि सरकारले नगर क्षेत्रको सडक भत्काएपछि अहिले जनकपुरको व्यापार प्रभावित भएको हो । पछिल्लो पटक प्रमुख व्यापारिक केन्द्र जनक चोकदेखि जानकी मन्दिर हुँदै महावीर चोक जोड्ने सडक निर्माणमा ढिलाइ हुँदा स्थानीय व्यापारी मारमा परेका छन् । 
सडक निर्माणका क्रममा व्यापार सञ्चालन हुँदै आएका घर भत्काइएको लामो समय बितिसक्दा पनि सडक निर्माण पूरा हुनसकेको छैन । सडककै कारण यस क्षेत्रको व्यापार व्यवसाय करीब तीन महिनादेखि ठप्प हुँदा बैंकको ऋण तिर्न समस्या परेको व्यवसायीको भनाइ छ । 

रेडिमेड कपडा पसलका सञ्चालक मोहम्मद सैनुल साफीले निर्माणमा भइरहेको ढिलाइका कारण आफूजस्ता मध्यम वर्गीय व्यापारी बढी मर्कामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यापार नभए पनि घरभाडा र बैंकको कर्जा बुझाउनै पर्छ, उपमहानगरपालिका र ठेकेदारले व्यापारीको मर्का बुझ्न सकेका छैनन् ।” 

अर्का कपडा व्यवसायी कमलेश झाले भन्नुभयो, “पसल भत्काइएपछि बजारभित्र गाडी आउन नसक्ने भएकाले पर्यटकले किनमेल गर्न सक्दैनन्, त्यसैले तत्काल समस्या समाधान नगरे आर्थिक मन्दी बढ्ने हुँदा बजार क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर निर्माणमा तीव्रता दिनुपर्छ ।” 

व्यापारीलाई ऋण उपलब्ध गराएका बैंक र स्थानीय बासिन्दा समस्यामा परेका छन् । स्थानीय व्यवसायीका अनुसार मिठाइ पसल, कस्मेटिक डिलर, सुनचाँदी गलाउने व्यवसायी, हार्डवेयर सञ्चालक र फेनाइल उद्योग सञ्चालन गर्दै आएका पाँच व्यवसायीले व्यवसाय छाडेर पलायन भएका छन् भने अनय व्यावसायी पनि जनकपुर छाड्ने तयारी गरिरहेका छन् । 

पलायन भएका व्यवसायीले स्थानीय बजार र बैंकबाट करोडौँ रुपैयाँ ऋण लिएका थिए । जनही तीन करोडदेखि १२ करोडसम्म ऋण नतिरी उनीहरू पलायन भएको सम्बद्ध व्यापारीले जनाएका छन् । जनकपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साहले सडक निर्माण नभएकै कारण व्यापार÷व्यवसाय करीब तीन महिनादेखि ठप्प हुँदा बैंकको ऋण तिर्न व्यवसायीलाई हम्मेहम्मे परेको बताउनुभयो । 

दुई वर्षअघि मधेश आन्दोलनको क्रममा बन्द हडतालमा घाटा व्यहोरेका जनकपुरका व्यापारीलाई अहिले झनै सकस भएकाले तिनकोे पीडा बुझेर छिटो सडक निर्माण सक्नुपर्ने उपाध्यक्ष साहले बताउनुभयो । उपमहानगरपालिकाले सडक निर्माण गर्न प्रमुख बजार क्षेत्रमा मापदण्डभित्र परेका ६ सयभन्दा बढी घर भत्काएको छ । निर्माणमा भइरहेको ढिलाइका कारण व्यापारी दोहोरो–तेहरो मारमा परेका छन् । 

वर्षाको समय भएकाले सडक निमार्णमा ढिलाइ भइरहेको बताउँदै जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहले शहरको मुख्य सडकमा खानेपानीको पाइप, टेलिफोनलगायतका तारसमेतसँगै ओछ्याउनुपर्ने भएकाले काममा ढिलाइ भएको बताउनुभयो । सडक निमार्णको ९० प्रतिशतको काम भइसकेकाले दशैँसम्ममा निमार्ण पूरा गरिसक्ने उहाँले उहाँको भनाइ थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video