सरकारी निर्णय कार्यान्वयनमा कडाइ, उपत्यकामा अनुगमन तीव्र  |  सिन्धुपाल्चोक भीषण पहिरो:हेलिकप्टरबाट उद्धार टोली पठाइँदै  |  त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए  |  अख्तियारमा अधिकांश उजुरी स्थानीय तहका, यस्ता सम्म परेका छन उजुरी  |  लागुऔषध मुद्दाका आठ वर्ष पछि पक्राउ  |  मिति २०७७ साल साउन ३० गते शुक्रबार, अगष्ट १४ तारीख हेरौं राशिफल  |  धुलिखेल अस्पताल क्षेत्र सिल  |  प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने
स्थानीय सरकार
Aug 25, 2018
परम्परागत खेती अन्त्य हुन्छ ः प्रदेश कृषिमन्त्री लामा
 सिन्धुली, भदौ  ।  नेपालमा परम्परागत कृषि प्रणालीका कारण किसान निरास भएकाले अब परम्परागत खेती प्रणालीको अन्त्य हुने प्रदेश नं ३ का कृषिमन्त्री दावादोर्जे लामाले बताउनुभएको छ । 

आज सिन्धुलीमा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पछिल्लो समयमा किसानमा निरासा उत्पन्न भएकाले अबको सरकारले किसानलाई कृषि फर्मतर्फ उत्प्रेरित गर्ने कार्यक्रम ल्याउने बताउनुभयो । 

परम्परागत कृषि व्यवसाय गर्ने प्रणलीले नेपाली कृषकको हित नभएकाले आफ्नै पालामा यस्तो प्रणलीको अन्त्य गरी आधुनिक प्रविधिसहितको खेती गर्न किसानलाई प्रेरणा दिने कार्यक्रम आफूले ल्याउन लागेको उहाँले उल्लेख गर्नुभयो । 

अहिले उत्पादन कम र खर्च बढी भएकाले किसानमा निरासा छाएकाले अब कम लगानीमा उत्पादन वृद्धि गरी बीचबाट फाइदा लिने बिचौलियाको अन्त्य गर्न कार्यक्रम बनाइने उहाँको भनाइ छ । 

किसानले उत्पादन गरेका हरेक कृषि सामग्रीको भण्डारणका लागि एक जिल्ला एक चिस्यान केन्द्र बनाउने प्रदेश सरकारको लक्ष्य भएकाले किसानलाई उत्पादनमा लाग्न आग्रह गर्नुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video