नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपी बढुवाको सिफारीसमा, को को भए सिफारीस ?  |  अस्ट्रेलीयामा नेपाली विद्यार्थी अलपत्र बारेमा नेपाल सरकारका पुर्व सचिब उपाध्यायको बिचार यस्तो  |  दाउरा काटन जंगल गएकी महिलालाई बलत्कार गर्ने एक पक्राउ  |  पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा
राजनीति
Aug 25, 2018
कञ्चनपुर घटनाका दोषीलाई कारवाही हुन्छ–प्रधानमन्त्री
 काठमाडौ, भदौ   प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद तथा नेतासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा घटनाका दोषीलाई कारवाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन र शान्ति सुरक्षाको अवस्थालाई सामान्य बनाउन माग गर्दै नेकपाका स्थायी समिति सदस्य भीमबहादुर रावल, लेखराज भट्टलगायतले आज ध्यानाकर्षण गराउनु भएको छ । 

प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीररुपमा लिएकाले छानबिन समिति गठन गरेर काम अघि बढाएको उल्लेख गर्नुभयो । “कञ्चनपुर घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भीर छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यस्ता व्यक्तिको पहिचान गरी कारवाही गर्न र स्थितिलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।” 

प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कानूनबमोजिम कारवाही गर्न सरकारले आवश्यक प्रक्रिया शुरु गरेकोसमेत जानकारी दिनुभयो । घटनामा आशङ्का गरिएका व्यक्तिलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानूनी कारवाही गर्न सरकारले कुनै कसर बाँकी नराख्दैन बताउनुभयो । 

“बालिकाको बलात्कार गरी हत्या गर्ने, आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारवाही हुन्छ । यसमा सरकारले कुनै कसर बाँकी राख्दैन”, प्रधानमन्त्रीले भन्नुभयो । उहाँले घटनालाई राजनीतिकरण गर्नेबाट सजग हुनसमेत आग्रह गर्दै दोषीलाई कारवाही, पीडितलाई क्षतिपूर्ति दिलाइने विश्वास दिलाउनुभएको थियो । 

नेकपाका स्थायी समिति सदस्य रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई आज बालुवाटारमा भेटेर घटनाका बारेमा जानकारी गराउँदै दोषी पत्ता लगाउन र कारवाही गर्न माग गरेको थियो । 

नेकपाको आज बसेको सचिवालय बैठकले कञ्चनपुर घटनाका दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई राहत दिलाउन आग्रह गरेको थियो । तेह्र वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर पछिल्ला केही दिनदेखि कञ्चनपुर अशान्त रहँदै आएको छ । सरकारले सो घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समितिसमेत बनाइसकेको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video