नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
राजनीति
Aug 27, 2018
प्राथमिकता निर्धारण गर्न प्रधानमन्त्रीलाई आग्रह
 काठमाडौँ, १ । भदौ बिम्स्टेकको आगामी चौथो शिखर सम्मेलनमा प्राथमिकता निर्धारण गर्नुपर्ने कार्य क्षेत्रका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिइएको छ । 

कूटनीति, विदेश मामिला र आर्थिक क्षेत्रमा कार्यरत नेपाल, भारत र बङ्गलादेशका संस्थामा आबद्ध केही व्यक्तित्वले आज साँझ प्रधानमन्त्री ओलीलाई उहाँको निवास बालुवाटारमा भेटी बिम्स्टेकको कार्य क्षेत्रका बारेमा सुझाव दिनुभएको हो । 

बिम्स्टेकको आगामी शिखर सम्मेलनका एजेण्डा के हुनुपर्छ भन्नेबारेमा यही अगष्ट २–३ मा रणनीतिक तथा सामाजिक, आर्थिक अध्ययन प्रतिष्ठान, विकासशील राष्ट्रका लागि अनुुसन्धान र सूचना प्रणाली, भारत नीति संवाद केन्द्र, बङ्गलादेशका ‘थिङ्ट्याङ्क’ हरुद्वारा आयोजित बिम्स्टेकको पूर्वपरामर्श बैठकमा पारित सुझाव आज प्रधानमन्त्रीलाई बुझाइएको हो । 

रणनीतिक तथा सामाजिक, आर्थिक अध्ययन प्रतिष्ठान, नेपालका कार्यवाहक अध्यक्ष डा गोविन्द नेपालले दिनुभएको जानकारीअनुसार सो बैठकले बिम्स्टेकको सफलताका लागि आगामी शिखर सम्मेलनले निर्धारण गर्नुपर्ने कार्यक्षेत्रका बारेमा सुझाव दिएको थियो । हाल बिम्स्टेकका हाल १४ वटा कार्य क्षेत्र रहेकामा तिनलाई घटाएर थोरै प्राथमिकताका क्षेत्रमा सीमित गर्नुपर्ने र यसो गर्न सकिएमा ती क्षेत्रमा ठोसरुपमा काम गर्न सकिने सुझाव दिइएको छ । 

डा नेपालका अनुसार सडक सञ्जाल ‘कनेक्टिभिटी’, व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन, जनता जनताबीचको सम्पर्क, जलवायु परिवर्तन र बिम्स्टेकको सचिवालयको सबलीकरण विषयमा प्राथमिकता निर्धारण गरी काम गर्नेगरी कार्य क्षेत्र बनाउन प्रधानमन्त्रीलाई सुझाव दिइएको थियो । 

बिम्स्टेकमा पर्वतीय र सामुन्द्रिक देश रहेकाले जलवायु परिवर्तनका कारण पहाड र समुद्रमा पार्ने प्रभावका बारेमा यस सङ्गठनले काम गर्नुपर्ने भन्दै आगामी शिखर सम्मेलनमा यस क्षेत्रलाई पनि प्राथमिकतामा राख्न पनि सुझाइएको उहाँ बताउनुभयो । 

यी सुझाव सान्दर्भिक रहेकाले आगामी शिखर सम्मेलनमा आफूले राख्ने आश्वासन प्रधानमन्त्री ओलीले दिनुभएको जानकारी नेपालले दिनुभयो । बिम्स्टेककोे चौथो शिखर सम्मेलन आगामी बिहीबार र शुक्रबार काठमाडौँमा आयोजना हुँदैछ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video