कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा
राजनीति
Aug 29, 2018
मस्यौदा समितिको कार्यविधि स्वीकृत
 काठमाडौँ, भदौ   ।  नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधन मस्यौदा समितिको कार्यविधि, २०७५ लाई स्वीकृत गरेको छ । 

पार्टीको विधान संशोधन मस्यौदा समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

पार्टीका महामन्त्री एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले विधानमा गरिनुपर्ने संशोधन र परिमार्जनका विषयमा काङ्ग्रेस कार्यसमिति, सङ्घीय संसदीय दल र काङ्ग्रेस प्रदेशसभा संसदीय दलबाट लिखित रायसुझाव पठाउनका लागि अनुरोध गर्ने निर्णय गरेको छ । 

पार्टीनिकट सबै भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाहरु र विदेशस्थित सबै जनसम्पर्क समितिबाट यही भदौ २१ गतेभित्र केन्द्रमा प्राप्त हुने गरी संस्थागत रायसुझाव पठाउनका लागि अनुरोध गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । 

काङ्ग्रेसले पार्टीका सदस्य, मतदाता, शुभेच्छुकलगायत सर्वसाधारण सबैबाट विधानमा गरिनुपर्ने संशोधन र परिमार्जनका विषयमा रायसुझाव पठाउन अनुरोध गरेको छ । 

काङ्ग्रेसको यही भदौ ९ गतेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । पार्टीले महासमितिको बैठकबाट पार्टीको विधानलाई समसामयिकरुपमा परिमार्जन गर्न भदौ ७ गते महामन्त्री खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video