पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या  |  अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन  |  सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आज बाट सुरु हुदै  |  सशस्त्र प्रहरीको ५८ इन्सपेक्टर पदको प्रारम्भीक स्वास्थ्य परिक्षामा ५७२ उत्रीण, को को भए पास ? ( नामावलीसहित)  |  प्रधामन्त्री ओली र सभापति देउवाबीच छलफल  |  विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव  |  राप्रपा नेपालका केन्द्रीय सदस्य नेपाली काँग्रेसमा प्रवेश  |  आज मिति २०७६ माघ १२ गते आइतबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह भन्छन “ नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो”  |  सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ : प्रमुख आयुक्त गुरुङ
प्रवासी खबर
Sep 04, 2018
हक्कानी सञ्जालका संस्थापक जलालुद्दीनको मृत्यु
  काबुल, भदौ १९ । अफगानिस्तानभित्र सशक्त एवं प्रभावशाली मानिएको हक्कानी नेटवर्क (समूह) का संस्थापक जलालुद्दीन हक्कानीको दीर्घरोगका कारण मृत्यु भएको अफगान तालिबानले जनाएको छ । 

अफगान तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध रहेको हक्कानी समूहको नेतृत्व अहिले जलालुद्दीनका छोरा सिराजुद्दीनले गरिरहेका छन् । उनी अफगान तालिबानका उपनेता पनि हुन् । 

जलालुद्दीनको मृत्यु दीर्घरोगका कारण भएको उल्लेख गर्दै तालिबानले प्रकाशन गरेको वक्तव्यमा जलालुद्दीन आफ्नो समयका ठूला जिहादी व्यक्तित्व रहेको बताइएको छ । 

सन् १९८० को दशकमा हक्कानीले अमेरिका र पाकिस्तानको सहयोगमा अफगानिस्तानबाट रुसी सैनिक फिर्ता गराउन लामो सशस्त्र सङ्घर्षको नेतृत्व गरेका थिए । 

अरबी भाषा धाराप्रबाह बोल्न सक्ने जलालुद्दीनले ओसामा बिन लादेन समेतका अरबी लडाकूहरुसँग सम्बन्ध सुदृढ गर्न भूमिका निर्वाह गरेका थिए । उनी अफगानिस्तानमा तालिबानीहरु सरकारमा रहँदा मन्त्री समेत भएका थिए । 

जलालुद्दीनको मृत्युको खास कारण भने खुलाइएको छैन । सन् २००८ र २०१५ मा पनि उनको मृत्यु भएको हल्ला चलेको थियो । उनी ८० वर्षको हाराहारी उमेरका रहेको बताइन्छ । पछिल्ला वर्षहरुमा उनी पाकिस्तानमा लुकिछिपी बसेको विश्वास गरिन्छ । 

अफगानिस्तानमा अमेरिकी हस्तक्षेप पश्चात हक्कानी समूहले ठुल्ठूला आक्रमणको नेतृत्व गरेको ठानिन्छ । पछिल्ला दिनहरुमा काबुल सहितका विभिन्न स्थानमा भएका आक्रमणमा समेत हक्कानी समूहको संलग्नता रहेको छ तर त्यसको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिइरहेको छ । 

विश्लेषकहरुको भनाइमा हक्कानीसँग आइएस समूहको सम्बन्ध पनि प्रगाढ छ, तर बाह्य संसारलाई भ्रमित पार्न हक्कानी समूह र आइएसबीच बेलाबेला अन्तरसंघर्ष हुने गरेको छ । 

पाकिस्तानको छायाँ सैनिकसँग लामो सम्बन्ध कायम राखेको हक्कानी समूहलाई अमेरिकी एडमिरल माइक मुलेनले सन् २०११ मा पाकिस्तानी जासूसी संस्थाको “विश्वसनीय हतियार” रहेको बताउनुभएको थियो । 

अमेरिकाले आतङ्ककारी समूह घोषित गरेको हक्कानी समूहले ठूलो संख्यामा आत्मघाती बम हमला गर्ने गरेको बताइन्छ । 

काबुलमा मे २०१७ मा भएको ट्रक बम हमलामा समेत हक्कानी समूहको संलग्नताको आशंका छ । यस हमलाबाट करिब १५० जनाको मृत्यु भएको थियो । तर सिराजुद्दीनको बिरलै आउने एक अडियो सन्देशमा उक्त हमला आफूहरुले नगरेको भन्दै अस्वीकार गरेका थिए । 
(रासस/एएफपी) ः 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video