नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
समाज
Sep 06, 2018
बाजुरामा खाद्यान्न सङ्कट
 बाजुरा, भदौ २१ । जिल्लामा चालू आवको शुरुवातमै खाद्यान्न सङ्कट भएको छ । 

वर्षाका कारण साँफे–मार्तडी सडकखण्डमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ । सवारीसाधन सञ्चालनमा नआएपछि ढुवानी गर्न समस्या हुँदा खाद्यान्न अभाव भएको हो । मार्तडीस्थित नेपाल खाद्य संस्थानको डिपोमा मौज्दात २५० क्विन्टल चामल भदौको तेस्रो सातामै वितरण गरिएपछि अहिले गोदाम रित्तो छ । हाल डिपोमा रहेको ३० क्विन्टल गहँु वितरण भइरहेको नेपाल खाद्य संस्थान शाखाले जनाएको छ । 

संस्थानले मोटो चामल प्रतिकिलो रु ३५ देखि रु ३९ तथा मसिनो सोना मनसुली रु ५० मा बिक्री गर्दै आएको छ । बजारबाट मोटो चामल प्रतिकिलो रु ४५ मा खरिद गर्नु परेको बडिमालिका नगरपालिका–३ का बालकृष्ण खड्काले बताउनुभयो । नेपालगञ्ज र धनगढीबाट ढुवानी गरिँदै आएको चामल बाटोमै थन्किएको छ । 
डिपोमा चामल सकिएपछि रित्तो हात घर फर्कन बाध्य भएको बडिमालिका नगरपालिका–७ का हरिचन्द्र पाध्यायले बताउनुभयो । “पूरै बजार चाहार्दा एक पेटी चाउचाउ मात्र भेट्टाए,” उहाँले भन्नुभयो । यसअघि डिपोबाट दैनिक १० देखि २० क्विन्टलसम्म चामल बिक्री हुने गरेको थियो । खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझा यस वर्ष खाद्यान्न ढुवानीका लागि ठेक्का नभएको र पुरानो ठेक्काअनुसार चामल सकिएको बताउनुहुन्छ । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video