सेना/ प्रहरी/ शशस्त्र समाचार
Sep 10, 2018
सवारी दुर्घटनामा तिनको मृत्यु दुई घाइते

काठमाडौं, २५ भदौ काठमाडौं, धादिङ र सिराहामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । उनीहरु मध्ये काठमाडौं महानगरपालिका-९ सिनामंगल भत्केको पुलस्थित बा.५८ प ४२९६ नम्बरको मोटरसाइकल सोमबार अनियन्त्रित भई दुर्घटना हुँदा हाल नाम, थर ,वतन खुल्न नसकेका अंदाजी ३२ बर्षीय चालक घाइते भएकोले उपचारको लागि काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

        यसैगरी सिरहा बरियापट्टी गाउँपालिका-२ श्रीपुरस्थित भित्री सडकमा आइतबार स.१ त.२८३३ नम्बरको ट्याक्टरको पछाडी जोडीएको धान झार्ने मेशिन सहित पल्टन गई दुर्घटना हुँदा ट्याक्टरमा लेबर काम गर्ने सोही ठाउँ बस्ने १७ वर्षीय छेदी यादव घाइते भएकोले उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

        यस्तै धादिङ बेनिघाट रोराङ गाउँपालिका-५ शितल बजारस्थित सडकमा ना.२६ प १४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिपरित दिशाबाट आँउदै गरेको बा.३ ख १४७ नम्बरको बससँग ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार चालक धादिङ सिदलेक गाउँपालिका-३ बस्ने २४ वर्षीय सुनिल पाठक, २१ वर्षीय लक्ष्मी पाठक र ४ बर्षीया निकिता भट्ट गम्भीर घाइते भएकोले उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल थापाथली पठाइएकोमा उपचारको क्रममा लक्ष्मी पाठकको मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video