समाज
Sep 10, 2018
कलम समाउने हातमा हत्कडि ! पत्रकार बस्नेत प्रहरी हिरासतमा
ललितपुर । महानगरीय प्रहरी परिसर जावलाखेलले खाेजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाइ पक्राउ गरि हिरासतमा राखेको छ । खाेजतलास साप्ताहिकमा प्रकाशित समाचारको विरुद्धमा सुशील खनालले जाहेरी दिएपछि उनि पक्राउ परेका हुन् । उनलाइ आज सरकारी वकिलकाे कार्यलयमा वयान लिएर हिरासतमा राखिएको छ । जनप्रतिनिधि कि जग्गा दलाल भन्ने शिर्षकमा प्रकाशित समाचारकाे विरुद्ध जाहेरी परे सँगै उनलाई पक्राउ गरि अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले भदौ २४ गते आदेश दिएको थियो । दृष्टि न्युज डटकममा प्रकाशित समाचारलाई उनलेे आफ्नो पत्रिकामा प्रकाशित गरेका थिए । यस अघि पनि उनलाई समाचार सम्प्रेषण गरेकै आधारमा प्रहरीले प्रकाउ गरेको थियो । यसरी समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकार पक्राउ हुनुलाई कतिपयले राजनीतिक प्रतिशाेधकाे रुपमा समेत लिएका छन ।

नेपाल प्रेस युनियन ललितपुरले पत्रकार राजु बस्नेतलाई प्रहरीले पक्राउ गरेकोमा आपत्ति जनाएको छ । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ पर्नु प्रेस स्वतन्त्रता माथिकाे हस्तक्षेप भएको भन्दै युनियनले विज्ञप्ति निकालेको छ । युनियनका सचिव माधवप्रसाद घिमिरेले निकाल्नु भएको विज्ञप्तिमा पत्रकार बस्नेतलाई बिनासर्त रिहा गर्न माग गरिएको छ ।

यस्तो छ विज्ञप्तिकाे पुर्णपाठ

प्रेस विज्ञप्ती

नेपाल प्रेस युनियन, ललितपुर र नेपाल पत्रकार महसंघ ललितपुरका केन्द्रीय पार्षद एवं खोजतलासन्यूज डटकम र खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई अदालतको आदेश भन्दै प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियन, ललितपुरको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचारको विषयलाई आधार बनाएर पत्रकार बस्नेतलाई विद्युतीय कारोवार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गर्न भनी प्रहरी आज २०७५ भाद्र २५ गते सोमबार विहान ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो स्थित निवासबाट पक्राउ गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचारको विषयमा उठेका वा परेका उजुरी हेर्ने अधिकार प्रेस काउन्सिलको नेपालको हो । यसलाई बेवास्ता गर्दै प्रहरीले पत्रकारलाई पटकपटक पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । नेपाल प्रेस युनियन, ललितपुर प्रहरीको यो ज्यादतीप्रति घोर भत्र्सना गर्दछ । साथै पक्राउ परेका पत्रकार बस्नेतलाई ससम्मान रिहा गरी प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

माधवप्रसाद घिमिरे
सचिव
https://abhiyaankhabar.com/archives/2506

 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video