नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
राजनीति
Sep 11, 2018
वाईसीएल सिन्धुलीका अध्यक्ष पक्राउ
काठमाडौं । भाद्र २६ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले योङ कम्युनिष्ट लिग (वाईसीएल) का सिन्धुली जिल्ला अध्यक्ष पुष्पराज श्रेष्ठलाई पक्राउ गरेको छ ।
सिन्धुलीको कमलामाई–५ घर भइ हाल गौशाला बस्दै आएका ३६ वर्षीय श्रेष्ठलाई प्रहरीले सर्वसाधारणलाई धाकधम्की र गालीगलौज गरेको आरोपमा पक्राउ गरेको हो ।महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले ठेकेदार काम गर्ने ४० वर्षीय रामबहादुर कटुवाललाई हतियार देखाएर धाकधम्की र गालीगलौज गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बताए ।
सिंहका अनुसार पक्राउ परेका श्रेष्ठमाथि सिन्धुलीसहित विभिन्न जिल्लामा ज्यान मार्ने उद्योगमा ४ वटा, सार्वजनिक अपराध अन्तरगत दुई र अपहरण सम्बन्धी एउटा मुद्दा दर्ता भएका छन् ।उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video