मनाेरञ्जन/रोचक
Sep 15, 2018
क्लिन काष्ठमाण्डप अभियानमा ऋषि धमला, चलचित्र अनुरागको टिमपनि सँगसँगै
काठमाण्डौ, ३० भदौ । आज विश्व सरसफाई दिवसका अवसरमा क्लिन काष्ठमाण्डप अभियानले काठमाण्डौको कोटेश्वरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
पत्रकार ऋषि धमलाको प्रमुख आतिथ्यतामा भएको सरसफाई कार्यक्रममा असोज १२ गते प्रदर्शन हुन लागेको चलचित्र अनुरागको टिम पनि सहभागि थियो ।
धमलासहित अनुरागको टिम सरसफाईमा जुटेका थिए । अभियानमा अन्य सर्वसाधारले पनि साथ दिएका थिए । सरसफाई कार्यक्रमको सुरुवात गर्दै पत्रकार धमलाले काठमाण्डौलाई सफा बनाउनका लागि हरेक व्यक्तिले आफैँबाट सफाई अभियान थाल्नुपर्ने सुझाब दिए ।
“पहिला आफैबाट सुरु गरौँ, घर सफा गरौँ, समाज सफा गरौँ अनिमात्र देशभरी अभियान पुग्छ ।” धमलाले भने । अव्यवस्थित बसोबासका कारण काठमाण्डौ सफा हुन नसकेको भन्दै धमलाले प्रधानमन्त्री केपी ओली र काठमाण्डौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको ध्यानाकर्षण गराए ।
उनले ओली र शाक्यले नै क्ल्नि काठमाण्डौ अभियान सुरु सगर्नुपर्नेमा जोड दिएका थिए । विदेशी पर्यटक नेपाल घुम्न आउँदा सुरुमै काठमाण्डौको धुलो र हिलोको सामना गर्नुपर्ने अवस्थाको अन्त्य गर्न उनले सचेत गराए ।
क्लिन काष्ठमाण्डप अभियानका केपी खनालको प्रशंसा गर्दै धमलाले खनाललाई सबैले सहयोग गर्नुपर्ने बताए । साथै धमलाले अनुराग फिल्मले पनि सरसफाईमा महत्वपूर्ण भुमिका खेल्ने बताए । धमलाद्धारा निर्मित तथा एलिजा गौतमको मुख्य अभिनय रहेको चलचित्र अनुराग असोज १२ गते प्रदर्शनमा आउँदैछ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video