नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
समाज
Sep 16, 2018
क्रसर बन्दले तामाकोशीेको काम अलपत्र
 दोलखा,  भदौ ३१ । दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा पुनः निमार्णको काम अलपत्र परेको छ । क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीेको कामसमेत अलपत्र परेको हो । 

कालीञ्चोक गाउँपालिका–४ बाट एक्कासि बन्द गर्न पत्रचार भएपछि ठेकेदारले क्रसर बन्द गरेका कारण माथिल्लो तामाकोशीका काम, दोलखा सिङ्गटी सडक निर्माण, भूकम्प पीडितको आवास निर्माण र एडिबीबाट दर्जनौँको सङ्ख्यामा विद्यालय निर्माण भइरहेका काम अलपत्र परेका हुन् । 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको काम गरिरहेको सिनोहाइड्रो कम्पनीको सब कन्ट्र्याक्टरको क्रसर बन्द गराएपछि राष्ट्रिय गौरवका आयोजनाको काम ठप्प हुने भएको छ । मन्त्रिपरिषद्ले गरेका निर्णयको अवज्ञा नर्गन जनप्रतिधिलाई ठेकेदार कम्पनीले अनुरोध गरेको छ । 

नियम कानून कस्तो बनाउने हो गाउँपालिकाले बनाई कुनै पनि बहानामा जनताको काम रोक्न नमिल्ने भनी जनगुनासो बढ्दो रुपमा आइरहेको छ । राज्यलाई आर्थिकरुपमा मजबुद बनाउन अग्रसर हुँदै राष्ट्रिय गौरवका आयोजनाको काम, भूकम्प पीडितको आवास निमार्णको काममा असर नपु¥याउन नागरिक समाज दोलखाले अपिल गरेको छ । 

बालुवा, गिट्टी जनतालाई सहज र सरलरुपमा पाउन पर्दछ नागरिक समाजका अगुवा बलराम शिवाकोटीले भन्नुभयो । 
यता गाउँपालिकाले ठेक्कामा असर नपरोस् भन्ने उद्देश्यले ठेक्का बिट हुने समयावधिसम्मलाई सङ्कलन र निकासीमा रोक लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण हुमागार्इंले जानकारी दिनुभयो । प्रदेश सरकारले तोकेको दर रेटअनुसार एक घनमिटर सङ्कलन र निकासी गर्दा कूल रु ३१८ लाग्ने कारण विगतको वर्षमा पनि ठेक्कामा लगाउन नसकेको प्रमुख प्रशासकीय अधिकृत हुमागाईंले बताउनुभयो । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video