कृषि/प्रविधि
Sep 17, 2018
अटोमोबाइल अन्तर्राष्ट्रिय सम्मेलन हुने
 काठमाडौं, असोज १ गते । विश्व अटोमोबाइल सङ्गठन ‘फेडेरेशन इन्टरनेशनल अटोमोबाइल्स (एफआईए)’को अन्तर्राष्ट्रिय सम्मेलन भोलि असोज १ गतेदेखि काठमाडौँमा शुरु हुँदैछ । 

नेपाल अटोमोबाइल एशोसिएशन (नासा)ले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलन गरी दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालबाहेक करीब २५ देशका ४० जना र नेपालका २० जना अटोमोबाइलसँग सम्बन्धित व्यक्तित्व गरी ६० जनाको उपस्थिति हुने जानकारी दिइयो । 

सम्मेलनको उद्घाटन सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महाशेठले र समापन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले गर्नुहुने बताइएको भएको छ । 

उक्त सम्मेलनमा विभिन्न अटोमोबाइलसँग सम्बन्धित सङ्घसङ्स्थाहरुले आ–आफ्ना विभिन्न प्रकारका प्रस्तुति प्रस्तुत गर्ने भएका छन् । सम्मेलनले विश्वमा रहेका अटोमोबाइल क्षेत्रको विकासलाई मात्र नसमेटी नेपालको पर्यटन विकासलाई समेत उच्च प्रथामिकता दिई अघि बढ्ने एशोसिएशनका अध्यक्ष दशरथ रिसालले बताउनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video