मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव  |  गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता  |  गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता  |  सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी
समाज
Sep 17, 2018
तामाङ समाज अमेरिकाको प्रथम अधिबेशन सम्पन्न , अध्यक्षमा सानुमाया तामाङ निर्बिरोध निर्बाचित
काठमाण्डौं ।  तामाङ समाज अमेरिकाको हिजो न्युर्योकमा सम्पन्न प्रथम अधिबेसनले सानुमाया तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गरेको छ । समाजको बरिष्ठ उपाध्यक्षमा ब्रजेश मोक्तान,सुमित्रा योन्जन ,महासचिवमा बुद्धिमान तामाङ र सचिवमा बिनिता तामाङलाई भेलाले चयन गरेका छन । त्यसैगरी समाजको कोषाअध्यक्षमा फुरु लामा, सहकोषाध्यक्ष साजोन थोकर तामाङ र समाजको डाईरेक्टरहरुमा युनिशा च्यासाङ, रेणु वाईवा तामाङ, विष्णुमाया मोक्तान, विष्णु तामाङ, दिलमाया तामाङ, अरुणा रुम्बा तामाङ, दिपेन्सा लामा, रोजबहादुर घिसिङ, तुलबहादुर तामाङ रहनु भएको छ । अधिबेसनको उदघाटन एनआरएन अमेरिकाका महासचिव वि आर लामाले छयोमि बालेर गर्नु भएको थियो भने अधिबेशनमा तामाङ सोसाइटी अमेरिकाका पुर्वअध्यक्षहरु भरत लामा,शान्ताबाबु थोकर,आदीवासी जनजाती महासंघ अमेरिकाका निवर्तमानअध्यक्ष लुइसाङ वाईबा , जनसम्पर्क समितिका सचिव भोजराज थोकर, नेपाल अमेरिका पत्रकार संघका पुर्वअध्यक्ष आङछिरिङ शेर्पा, रिज्युउड नेपाली समाजका अध्यक्ष रवि कोईराला, नेपाली कांग्रेस महासमितिका सदस्य बेद खरेल, जनसम्पर्क समिति अन्तराष्ट्रिय सन्जालका अध्यक्ष विष्णु सुवेदी, धादिङ समाजका अध्यक्ष राजन गौलि, नेविसंघ अमेरिकाका अध्यक्ष प्रभात सापकोटा लगायतले शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो । समाजले आगामी दिनमा डाइस्पोरामा रहेका सबै नेपाली समुदायको हितसंगै विश्वभरिको संघसस्थाहरुसँग हातेमालो गरि अघि बढ्ने लक्ष्य लिएको समाजका नवनिर्वाचित अध्यक्ष सानुमाया तामाङले जानकारी दिनु भएको छ । 
Image may contain: 16 people, including B.r. Lama, people smiling, people standing and indoor
Image may contain: 1 person, smiling, text
dff


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video