गृहमन्त्रीबाट ‘ईकाई प्रमुख सम्मेलन २०७५’ को उद्घाटन  |  पहिलो रास्ट्रीय झण्डा दिवस २०७५ सम्पन्न  |  सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा  |  सरकार सही बाटोमा हिडेको छ ः प्रम ओली  |  नेपालबाट एकाएक गायब भएको ३३ किलो सुन ११ महिना पछि भारतमा भेटीयो, यसरी सुन बरामद भयो  |  कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै
स्थानीय सरकार
Sep 17, 2018
रिक्त जनप्रतिनिधिको विवरण अझै पठाएनन्
 काठमाडाँै, असोज  ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको स्थानीय तहको जनप्रतिनिधिको निर्वाचनका लागि माग गरिएको विवरण अझै पठाइएका छैनन् । 

मन्त्रालयले एक महिना अगाडि सबै स्थानीय तहलाई रिक्त रहेको विवरण पठाउन भने पनि अहिलेसम्म १५ जिल्लाले मात्र सो सम्बन्धी विवरण पठाएको सङ्घीय महाशाखाका शाखा अधिकृत खेमराज जोशीले जानकारी दिनुभयो । 

मन्त्रालयले एक हप्ताभित्र रिक्त जनप्रतिनिधिको विवरण उपलब्ध गराउने भने तापनि अझै नपठाएको उहाँले बताउनुभयो । ‘‘हामीले रिक्त रहेका जनप्रतिनिधिको विवरण जिल्ला समन्वय समितिको कार्यालयमार्फत माग गरेका थियौं’’ उहाँले भन्नुभयो,‘‘तर अहिलेसम्म १५ जिल्लाका विवरण मात्र प्राप्त भएको छ ।’’ 

उहाँका अनुसार मोरङ, अछाम, सिन्धुपाञ्चोक, काठमाडौैँ, धनकुटा, डोटी, सिराहा, पर्सा, अर्घाखाँची, लमजुङ, मनाङ, सङ्खुवासभा, सिन्धुली, जाजरकोट र धादिङ जिल्लाका ९६ स्थानीय तहका ११२ जना जनप्रतिनिधि रिक्त रहेका छन् । तीमध्ये धेरैजसो जिल्ला समन्वय समितिमा निर्वाचित भएर रिक्त रहेको शाखा अधिकृत जोशीले बताउनुभयो । 

निधन भएरपनि केहि जनप्रतिनिधिको पद रिक्त भएका छन् । उहाँले रिक्त जनप्रतिनिधिमध्ये उपमहानगर, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित वडाध्यक्ष मात्र निर्वाचन हुने जानकारी गराउनुभयो । 

वडा सदस्यको हकमा भने निर्वाचन नहुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता महेन्द्रनाथ भट्टराईले मन्त्रालयले रिक्त रहेको विवरण पठाए र सरकारले निर्वाचन घोषणा गरेपछि उपनिर्वाचन गर्न तयार रहेको बताउनुभयो । 

‘‘हामीसँग निर्वाचनका सबै सामग्री तयारी अवस्थामा छन्’’ उहाँले भन्नुभयो, ‘‘सरकारले घोषणा गर्नासाथ उपनिर्वाचन गर्न तयार छौ ।’’ 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video