राजनीति
Sep 17, 2018
हत्यारालाई कारवाही गर्न माग गर्दै विरोध
 काठमाडौँ,  असोज  । नेपाल विद्यार्थी सङ्घले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ । नेविसं केन्द्रीय समितिले आज पन्तको हत्यारालाई कारवाही गरी पन्तका बाबुआमालाई न्याय दिन माग गर्दै प्रदर्शनीमार्गबाट पुतलीसडकसम्म ¥याली निकालेको हो । 

सङ्घका अध्यक्ष नैनसिंह महरले पन्तको हत्या भएको दुई महीना पुग्दासमेत सरकारले घटनाको दोषीलाई पत्ता लगाउन नसक्नु दुःखद् भएको बताउनुभयो । हत्यारालाई कारवाही गरेर पीडितका परिवारलाई न्याय नदिएसम्म निरन्तर आन्दोलन गर्ने सङ्घले जनाएको छ । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video