मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव  |  गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता  |  गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता  |  सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी
प्रमुख समाचार
Sep 18, 2018
नेपालले बढ्दो युवा पलायनलाई रोक्नुपर्छ ः राजदूत सिक
 पर्वत, असोज ।  नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले नेपाली नागरिकलाई स्वदेशमै रोजगारीको अवसर सर्जना गर्नुपर्ने सुझाव दिनुभएको छ । 

पर्वत सदरमुकाम कुस्माबजारमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्न सके मात्र नेपाल छिटो विकसित मुलुक बन्ने धारणा व्यक्त गर्नुभयो । 

“विदेशमा गएर काम गर्ने भनेको छोटो अवधिका लागि हो”, राजदूत सिकले भन्नुभयो, “स्वदेशी अर्थतन्त्र बलियो बनाउन निर्यातमूलक उद्योग खोल्ने र मुलुकका हरेक क्षेत्रमा रोजगारी सिर्जना गर्नेतर्फ नेपाल सरकारले विशेष ध्यान दिनुपर्दछ ।” 

उहाँले कोरियामा अहिले पनि २० हजार नेपाली श्रमिक काम गरिरहेको बताउँदै त्यहाँ सिकेका सीपलाई स्वदेशको विकास र समृद्धिमा लगाउन सबैमा आग्रह गर्नुभयो । 

राजदूत सिकले कोरिया चरम आर्थिक सङ्कटमा रहेका बेला विदेशमा गएर सीप सिकेपछि स्वदेश फर्केर औद्योगिकीकरणमा साथ दिएको चर्चा गर्दै विदेशमा कमाएको धन स्वदेशमा लगानी गरे मात्रै वैदेशिक रोजगारीमा जानुको औचित्य हुने बताउनुभयो । 

“विदेशमा कमाउने र उतै रमाउने हो भने स्वदेशलाई कुनै फाइदा पुग्दैन”, उहाँले भन्नुभयो, “विदेशमा आर्जन गरेको धन र सीप स्वदेशका लागि लगानी गर्नुपर्छ ।” 

राजदूत सिकले ६० वर्ष अगाडिको गरीब कोरिया यति छिट्टै संसारकै विकसित राष्ट्र हुनुमा कोरियाली जनताले कृषि तथा औद्योगिक क्षेत्रमा गरेको मिहेनतको प्रतिफल भएको उल्लेख गर्दै कोरियाको तीव्र विकास हुनुमा भ्रष्टाचारविरुद्धको अभियान चाल्नु, आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो लगानी गर्नु रहेको बताउनुभयो । 

आर्थिक विकासका लागि उच्च सम्भावना बोकेको पर्यटन र जलस्रोत क्षेत्रको विकास गर्न सक्यो भने नेपाल छिटै नै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, उहाँले भन्नुभयो, “पर्यटक भित्र्याउने र जलविद्युत् निर्यात गर्ने महत्वकाङ्क्षी योजना कार्यान्वयन गर्न सकेमा नेपालले पनि कोरिया जस्तै छोटो समयमा आर्थिक फड्को मार्न सकिन्छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video