समाज
Sep 18, 2018
ललितपुरको कोन्ज्योसोम गाउँपालिका चाँडै बालमैत्री गाउँपालिका घोषणा हुने अध्यक्षको दाबी
काठमाण्डौं । असोज २ । ललितपपुरको कोन्ज्योसोम गाँउपालीका चाँडै बालमैत्री गाँउपालिका घोषणा हुने अध्यक्ष गोपिलाल सिङतान तामाङले बताएका छन् । 
राष्ट्रिय बाल दिबसको अबसरमा ललितपुरको श्री गुप्तेश्वर आधारभुत बिद्यालयले कोन्ज्योसोम गाउँपालिका वर्डा न.५ भारदेउमा आयोजीत बिशेष कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले उक्त कुरा बताएका हुन् । 
कार्यक्रममा अध्यक्ष तामाङले एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका पुर्ब उपाध्यक्ष बिजय बानियाँलाई सम्मान पत्र र बिद्यालयमा शिक्षण पूरा गरि बिधाई हुनुहुने शिक्षिकाहरु शर्मिला लोप्चन ,सरिता गोले,मुना तामाङ ,बालकुमारी सुबेदीलाई कदर पत्र प्रदान गर्नु भएको छ । कार्यक्रममा उक्त बिद्यालयका विद्यार्थी सुनमाया तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थीत अतिथिहरुका बिच बिद्यालयका विद्यार्थीहरुले “चौरी चर्ने लेकैमा,गाई त चर्ने बेसिमा” भन्ने तामाङ सेलोमा नृत्य गर्दा कार्यक्रमको रौनकता छाएको थियो । 
त्यस्तैगरि एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका पुर्बउपाध्यक्ष बिजय बानियाँले भौतिक रुपमा बिद्यालयले छालाङ मारेपनी शिक्षण पद्धतिमा अझ परिमार्जित गर्दै शिक्षाको गुणस्तरमा वृद्धि गर्न सके अझ राम्रो हुने सुझाब दिए । 
कार्यक्रममा सन्चारकर्मी श्याम तामाङ ,भारदेउ श्रोत केन्द्र श्रोत ब्यक्ती ढकबहादुर कार्की ,एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन ललितपुर सचिब लेखानाथ घिमिरे ,नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता महेश लामा,श्री गुप्तेश्वर आधारभुत बिद्यालयका प्र.अ.प्रेमबहादुर नेपाली ,नेपाली काङ्ग्रेस प्रतिनिधि जीवन लामा,राप्रपा नेपालका प्रतिनिधि मानबहादुर तामाङ लगायतले राष्ट्रिय बाल दिबस र विद्यालयको सवालमा जोड दिएका थिए । 
श्री गुप्तेश्वर आधारभुत विद्यालय ,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मोक्तानको सभा सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुको नृत्य र विद्यालयका शिक्षिका एबम कार्यक्रम सन्चालिका हिरामाया घिसिङ तामाङको कबिता बाचनले कार्यक्रम रोचक बनेको थियो । 

कार्यक्रममा कोन्ज्योसोम गाउँपालिका वर्डा न.५ का वडा अध्यक्ष सुबिन्द्र बल तामाङ, भारदेउ गाबिस पुर्ब उपाध्यक्ष चन्द्रबहादुर योन्जन ,कोन्ज्योसोम ईप्रका हवल्दार सुबोध यादब ,नेपाल शिक्षक महासङ्घ ,जिल्ला सदस्य दयासागार घिमिरे लगायत स्थानिय बासिन्दा ,शिक्षक,शिक्षिका,विद्यार्थी ,अभिभावकहरुको सहभागिता रहेको थियो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video