समाज
Sep 19, 2018
मानवाधिकार उल्लङ्घनका ४९ उजुरी फछ्र्यौट गर्न बाँकी
 खोटाङ, असोज   । मानव अधिकार उल्लङ्घनका ४९ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको छ । 

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं १ को शाखा कार्यालय दिक्तेलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यालयमा परेका उजुरीमध्ये ४९ उजुरी ी फछ्र्यौट गर्न बाँकी रहेको हो । 

शाखा प्रमुख सुवोध पोखरेलले विसं २०६४ यता दर्ता भएका मुद्दासमेत फछ्र्यौट गर्न बाँकी रहेको बताउनुभयो । आयोगका अनुसार द्वन्द्वकालीन मुद्दासमेत किनारा लाग्न बाँकी रहेको देखिएको छ । 

फछ्र्यौट गर्न बाँकी रहेका उजुरीमध्ये हत्याका १२, विस्थापितसम्बन्धी नौ, महिला अधिकारसम्बन्धी छ, बेपत्तासम्बन्धी पाँच र सम्पत्ति कब्जासम्बन्धी पाँच वटा रहेको आयोगले जनाएको छ । 

त्यस्तै यातनासम्बन्धी पाँच, गैरकानूनी थुनासम्बन्धी दुई, जातीय विभेदसम्बन्धी दुई, स्वास्थ्य अधिकारसम्बन्धी एक र अन्य एक वटा उजुरी फछ्र्यौट गर्न बाँकी रहेको जनाइएको छ । 

जिल्लाका १० वटै स्थानीय तहमा मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि आयोगले जनाएको छ । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video