अन्योलमै पश्चिम सेती जलविद्युत् आयोजना, ठेकेदार थ्री गर्जेज ६ महिनादेखि सम्पर्कविहीन  |  समाजकल्याण परिषद्का सबै पदाधिकारीको बर्खास्त  |  आज फागुन ५ गते आइतबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
प्रमुख समाचार
Sep 20, 2018
न्यायिक क्षेत्रमा जनशक्ति अभाव
 वीरेन्द्रनगर, असोज  । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिश हरिकुमार पोखरेलले न्यायिक क्षेत्रमा दक्ष जनशक्ति अभावका कारण कानूनी कारबाहीमा समस्या परिरहेको बताउनुभएको छ । पब्लिक एकेडेमी माध्यमिक विद्यालयले बुधबार वीरेन्द्रनगरमा कानून सङ्कायका विद्यार्थीका लागि आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

विगतदेखि नै कानुन पढेका जनशक्तिको अभावका कारण कानूनी काम कारबाहीमा बाधाअड्चन थपिँदै आएको छ भन्दै मुख्य न्यायाधिश पोखरेलले आवश्यकतानुसार जनशक्ति नहुँदा न्यायिक निर्णयमा ढिलाइ हुने, कामको चाप बढ्नेजस्ता समस्या यथावत रहेको गुनासो गर्नुभयो । जिल्लामा पहिलोपटक माध्यमिक तहमा कानून विषय अध्यापन भएपछि दक्ष जनशक्ति आपूर्तिमा सहज हुने उहाँले बताउनुभयो । 


कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले कानून व्यवसायी समाज र सभ्यताको रक्षक भएको चर्चा गर्दै संसारमा महत्वपूर्ण मानिएका दुई कोटमध्ये सेतो कोटले मानिसको जीवन रक्षा गर्दछ भने कालो कोटले समाज र सभ्यताको रक्षा गर्दछ भन्नुभयो । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video