सार्वजनिक विदा पूर्नस्थापना नगरे आँफै विदा घोषणा गर्छौं ः नेपाल आदिवासी जनजाति महासंघ  |  एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी  |  नेपाल आईडलकी अस्मिता र डा रिजालले संगै गित गाए  |  निर्मला हत्या प्रकरणः गल्ती गरेको भए बर्दि फुकाल्छुः खनाल  |  एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !  |  स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य निकै खस्कियो, सेयरधनीहरु आक्रोशित, साधारण सभामा बिवाद हुने भएपछि आर्मी क्वलमा सभा आव्हान  |  प्रहरी नियमावलीको बाधा खुले, एसएसपी बढुवाका लागि डेढ दर्जन प्रतिस्पर्धी  |  जिल्ला पुनर्निर्माण समन्वय समिति ललितपुरको बैठक , स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर  |  विभिन्न तहका सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमाः महासंघ  |  राजदूतको नाम सर्वसम्मतिले अनुमोदन
प्रमुख समाचार
Sep 21, 2018
उद्योग समितिको सभापतिमा श्रीवास्तव
 काठमाडाँै, असोज  ।  प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित हुनुभएको छ । 

समितिको आज बसेको बैठकले उहाँलाई निर्विरोध निर्वाचित गरेको हो । श्रीवास्तवलाई समितिको सभापतिमा विन्दा पाण्डेले प्रस्ताव र गोपालबहादुर बमले समर्थन गर्नुभएको थियो । 

समितिको बैठकको अध्यक्षता गर्दै आउनुभएका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले प्रतिनिधिसभा नियमावली १७३ को उपनियम ४ बमोजिम समितिको सभापतिमा श्रीवास्तव निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो । 

विसं २००७ मा पर्साको वीरगञ्जमा जन्मनुभएका श्रीवास्तव पर्सा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका रुपमा सङ्घीय सामजवादी फोरम नेपालको तर्फबाट विजयी हुनुभएको हो । ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनकै क्रममा उहाँले २०२५ सालमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभएको थियो । 

पटकपटक वीरगञ्ज महानगरपालिकाको प्रमुखमा निर्वाचित भई स्थानीय जनतामाझ लोकप्रिय हुनुभएका सभापति श्रीवास्तवले बारा, पर्सा औद्योगिक करिडोरमा खुलेका उद्योगमा कार्यरत श्रमिकलाई उचित पारिश्रमिक दिलाउन उल्लेख्य योगदान गर्नुभएको थियो । 

संसद्को नियमावली निर्माणका क्रममा श्रीवास्तवले समन्वयतात्मक भूमिका खेल्नुभएको उहाँको प्रस्तावक एवं समितिका सदस्य पाण्डेले बताउनुभयो । 

सरकारलाई रचनात्मक सहयोग 

समितिको सभापतिमा निर्वाचित भएलगत्तै रासससँग कुरा गर्दै सभापति श्रीवास्तवले वर्तमान सरकारलाई रचनात्मक सहयोग गर्ने र सहयोगीको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले संसद्मा उठाउँदै आएको जनहितका विषयमा सरकारलाई घच्घच्याउने, समसामयिक विषयमा सदनमार्फत सरकारलाई जानकारी गराउने छौँ ।” 

समितिको नेतृत्व सम्हालेलगत्तै आफूलाई प्राप्त भएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै सभापति श्रीवास्तवले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताका हितका विषयलाई विशेष ध्यान दिने बताउनुभयो । उहाँले भन्नुभयो, “चाडबाड नजिक आइसकेको छ, उपभोक्ताको हकहितका लागि तत्काल गर्नुपर्ने कामलाई अघि बढाउँछौँ । जनताको अपेक्षा तथा जनता र सरकारबीच पुलको काम गर्नेछौँ ।”


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video