प्रमुख समाचार
Sep 21, 2018
प्रदेश नं ३ : चार विधेयक प्रमाणीकरण
 हेटौँडा, असोज   । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको बैठकले पारित गरी पठाएको चार विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । 

उहाँले प्रमाणीकरण गर्नुभएको चार विधेयकमध्ये प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ रहेको प्रदेश नं ३ प्रमुखको सचिवालयले जनाएको छ । 

त्यसैगरी प्रदेश प्रमुख कोइरालाले प्रदेशसभाको बैठकले केही हप्ता अगाडि पारित गरी पठाएका विभिन्न ११ विधेयकलाई प्रमाणीकरण गर्नु भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउनु भएको प्रदेश नं ३ प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले राससलाई जानकारी दिनुभयो । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video