नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा  |  नेपालमा ७ महिनामा १२ सय बलत्कार ! हिडन नसक्ने बालीका देखि बृद्धा महिला समेत बचेनन, बलत्कारका यस्ता घटना समेत भए  |  नेपाल प्रहरीका ४० एसपीको सरुवा, २६ एसपीको पदस्थापन, को कहाँ ?
विचार/अन्तरवार्ता
Sep 22, 2018
मापदण्ड बिपरीतका होमस्टेहरु हाेसानकाे निगरानीमा
- कमल नेपाल / काठमाडौं
होमस्टे एशोसिएसन नेपाल (HOSAN) ले मुलुकभर रहेका नीजि तथा सामुदायिक होमस्टे माथी निगरानी बढाउन थालेको छ । 
पछिल्लो समय होटल र होमस्टे विच उत्पन्न भएको तनावलाई समाधान गर्न मुलुकभर रहेका होमस्टेहरुको छाता संगठन होसानले तत्परता देखाएको हो । 
२०६७ देखी विधिवत रुपमा सिमित पर्यटकहरुलाई सेवा प्रदान गर्ने उद्देश्य लिएर सुरु भएको होमस्टेको कारण आफुहरुको व्यापारमा कमी भएको आरोप होटल व्यवसायिहरुको छ ।
पछिल्लो समय होटल र होमस्टे विच उत्पन्न समस्या समाधानको लागी गत महिना नेपाल पर्यटन बोर्डमा होटल व्यवसायि र होमस्टे एशोसिएसन नेपाल संग भएको छलफल तथा अन्तर्क्रिया कार्यक्रमले यस विच भएका समस्याहरुको पहिचान गरेपश्चात समाधानको निमित्त अनुगमनलाई प्रभावकारी बनाइएको उल्लेख छ ।
छलफलको क्रममा आएका गुनासोको आधारमा मुलुकका विभिन्न स्थानमा खुलेका केहि अवैध होमस्टेहरु जुन कतै पनि अधिकारीक रुपमा दर्ता नभई होमस्टेको लोकप्रीयताको फाईदा उठाउदै व्यापार गरि होमस्टेको मुल मर्मलाई नै खतरामा पार्न खोजेको अरोप व्यवसायिहरुको छ । राज्यले होमस्टेलाई दिएको कर छुटमा अर्जुनदृष्टि बनाई होटल लगाएतका पर्यटन व्यवसायिले नै अवैध होमस्टे संचालन गरेपछी  होमस्टेहरुको पहिचानमा होसान लागेको हो ।
छलफलको निष्कर्ष पछि राज्य स्तरवाट होमस्टे अनुगमनलाई निरन्तरता दिदै थप प्रभावकारी बनाउने प्रतिवद्धता भए संगै होसान फिल्डमा उत्रेको हो ।
होसानका केन्द्रिय अध्यक्ष भीम केसीका अनुसार नेपाल सरकार होमस्टे संचालन निर्देशीका, होमस्टे संचालन कार्यविधि २०६७ मा उल्लेख भए अनुसारका मापदण्डलाई आधार बनाई अनुगमन सुरु गरिएको बताउनुभयो । केसी थप्नुहुन्छ मुलुकका ३८ जिल्लामा छरिएर रहेका ईजाजत प्राप्त होमस्टेहरुको डाटा संकलन सम्पन्न भइसकेको हुँदा अव अवैध होमस्टे पहिचान गर्न सहजै सकिने बताउदै अवैध होमस्टेलाई राज्यको कानुनी दायरामा ल्याउन सहयोगी बन्छौं । अनुगमनको क्रममा केहि ईजाजत प्राप्त होमस्टेहरुले पनि मापदण्ड विपरित होमस्टे संचालन गरेको देखियो तिनिहरुलाई आधारभुत मापदण्ड पुरा गर्न भनेका छौं ।
विहिवार पनौती सामुदायिक होमस्टेमा सम्पन्न होमस्टे एशोसिएसन नेपाल, ३ नं प्रदेश को प्रथम बैठकले ३ नं प्रदेश भित्र रहेका सम्पुर्ण होमस्टेहरुको अनुगमन गर्ने निर्णय संगै अनुगमन सुरु गरिएको होसान ३ नं प्रदेश अध्यक्ष बाबुराजा महर्जनले बताउनुभयो । होमस्टेले स्विकृती पाएको भन्दा बढि कोठाहरु राख्ने, पाहुनाहरुलाई अब्यवस्तित रुपमा राख्ने र होमस्टेको ब्यानरमा होटल चलाउनेहरु कार्वाहि योग्य हुने बताउदै यस भित्र रहेको भ्रमलाई निवारण गर्न पहिला होटल र होमस्टे विच फरक छुट्याउन अवश्यक भएको महर्जनले  बताउनुभयो । 



dfasf


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video