अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव  |  गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता  |  गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता  |  सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी  |  तेस्रो एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको ‘सर्टिफिकेशन प्रोग्राम’ सम्पन्न  |  लागुऔषध सहित नियन्त्रणमा
प्रमुख समाचार
Sep 22, 2018
यातायात व्यवसायीहरुलाई खुसी बनाउन ओली सरकारद्धारा गाडी भाडा बृद्धि गर्ने निर्णय
काठमाण्डौं । असोज ६ । यातायात क्षेत्रको सिण्डीकेट तोडेको भाषण दिएर हिडने ओली सरकार यातायात व्यवसायीहरुसंग घुंडा टेकेको छ । दशैंको मुखमा इन्धनको मुल्यबृद्धिलाई लिएर अग्रीम टिकट बुकिङ रोकेका यातायात व्यवसायीहरुलाई खुसी बनाउन सरकारले १० प्रतिशत भाडा बढाउन सहमती जनाएको छ । ओली सरकारले केहि दिन अघि मात्र छैठौं पटक इन्धनको मुल्य बढाएर जनतामाथी थप व्यवभार थोपरेको थियो । लाखौं जनतालाई आहात दिएर सिमिति व्यवसायीलाई खुसी बनाउन सरकारले व्यवसायीसंग भाडा बढाउने सहमती गरेको हो ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा सरकारले हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ । यो सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।
समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ । वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ । सिण्डिकेट कायम गरेको भन्दै सरकारले २४५ समितिको बैंक खाता रोक्का गरेको थियो । शनिबारको वार्तामा यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति पनि भएको छ । तर, मिति भने तोकिएको छैन ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video