नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
समाज
Sep 23, 2018
प्लास्टिक घरभित्र तरकारी खेती
 बलेवा,  असोज ७ ।  कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना गरिएको पुनःस्थापना केन्द्र बागलुङले प्लास्टिक घरभित्र तरकारी खेती गर्न शुरु गरेको छ । 

कुलतबाट छुटाउन युवालाई कृषि कर्ममा लगाउने उद्देश्यले सो प्लास्टिक घर निर्माण गरिएको हो । कृषि उत्पादनमा अब्बल मानिएका मुलुकमा प्रयोग गरिँदै आएको अत्याधुनिक पलास्टिक घर प्रविधि पुनःस्थापना केन्द्रले भित्र्याएको हो । जापानमा कार्यरत बागलुङका राजन भारी र सिन्धुपाल्चोकका मिङमार शेर्पाले रु सात लाखको लागतमा प्लास्टिक घर निर्माण गरेका हुन् । 

युवालाई कुलतमा फस्न नदिई सुधारको काममा सक्रिय गराउन पुनःस्थापना केन्द्रमा दुई प्लाष्टिक घर निर्माण गरिएको छ । यस प्रविधिबाट बेमौसमी बन्दागोभी, काउली, गाजर, साग तथा गोलभेँडा उत्पादन दोब्बर गर्न सकिने भएकाले प्रविधि भित्र्याइएको भारीले बताउनुभयो । 

निश्चित ठाउँमा प्लास्टिक, फाइवर वा तापक्रम नियन्त्रण गर्न सक्ने वस्तुले चारैतिर ढाकेर प्लाष्टिक घरभित्र तरकारी खेती गर्दा बढी उत्पादन गर्न सकिन्छ । प्लाष्टिक घर राख्ने ठाउँमा माटो र मलको मिश्रण गरिन्छ । प्लाष्टिक घरतर्फ किसानलाई आकर्षित गर्न योजना बनाइने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video