विचार/अन्तरवार्ता
Sep 23, 2018
सङ्घर्षका ति पाईला , न थाक्ने एक नारी हिरामाया घिसिङ तामाङ
ललितपुर जिल्ला , बाग्मती गाउपालिका ५ ईकुडोलस्थित भकारिडाडामा मध्यमबर्गको तामाङ परिवारमा बि स २०४८  मङसिर २७ गतेका दिन आपा सुनबहादुर घिसिङ र आमा शुभकन्या थिङ तामाङको माईली सुपुत्रीको रुपमा हिरामाया घिसिङ तामाङ जन्मेकी हुन । एक दिदी बाटुलि,दुई बहिनी सिता, रिता र एक भाई बुद्धिमान घिसिङ तामाङ गरी हिरामाया सहित ४ दिदिबहिनी र १ भाई रहेको छ । सानैदेखी साहित्यमा रुची राख्नुहुने हिरामायाले सपनिमा यसरि भाबयुक्त कोशेली कोरेकी छिन । सपनिमा आमाबाबुलाई,धेरै बोलाए रे । बिपनिमा ईकुडोल , सम्झी टोलाए रे । । शरिर छ अन्त कतै , मन आफ्नै गाउ । सधै लाग्छ सुनी रहु , उहि गाउको नाउ । १ । रित्तो भयो घर मेरो , सम्झी टोलाउदो हो । रमितेडाडाबाट कोईली , बोलाउदो हो । । बर्षातले धारापानी , स्कुलबाटो बन्द हुँदै छ रे । आङगनमा नानिझार मौलाएको छ रे, बास्तबमा ले ख न सरल , शब्दमा मौलिक पन छ । सादा जिबन , शिलस्वभाबले धनी हिरामाया आधा दर्जन भन्दा बढी सङ्घसस्था जस्तो तामाङ डाजाङ केन्द्रीय सदस्य , नेपाल तामाङ घेदुङ , बाग्मती गाउपालिका कमिटी सचिब , सिबिस बाल सम्रक्षण समिती , नागरिक आवाजको शान्ती स्वयमसेवक , उज्यालो किरण साना सहकारी सस्थाको सदस्य रहनुका साथै बिगत ५ बर्षदेखी ईकुडोल मा रहेको ज्ञानोद य आधारभुत बिद्यालयमा शिक्षण पेशामा आबद्ध छिन । तामाङ तथा नेपाली साहित्यको क्षेत्रमा १० बर्षएखी चेतना, जागरण,सन्देशमुलक कबिता ले ख न ,बाचन गर्दै तामाङ र गैर तामाङ जातिको साहित्यको क्षेत्रमा योगदान गर्दै आउनु भएको छ । आफुले कोरेका कबिताहरुको सङ्गालोलाई एकिकृत गर्दै, कृतिको प्रकाशन गर्ने लक्ष्यकासाथ कलम चलाउदै छिन । तामाङ साहित्यमा कुसुमको अर्थ त्रीरत्न , त्रीकाल भन्ने बुझिन्छ भने साहित्यिक नाम कुसुमले हिरामाया घिसिङ तामाङ परिचित छ ।समाज मा साहित्य , शिक्षण , सामाजिक क्षेत्रमा काम गर्दा खुट्टा तान्ने प्रथा भने नभोगेको पक्कै होईन , जे जस्तो भएपनी ईमान्दारितालाई नभुलेकी हिरामायाले दक्षिण ल लितपुर र नेपाल मा बिशेष त तामाङ समाज मा चारचा बटुलेकी छिन भने अन्य समुदायमा पनि कबियत्री , उदघोषिका ,शिक्षिकाको पहिचान बनाउदै साहित्य ले ख न , शिक्षण , सामाजिक यात्राको क्रममा अवसरको लागी नेत्रीत्वको बचन र गर्ने ब्य व हार फरकपनको अनुभबको तितो यथार्थ भोगेकी छिन । बलिप्रथाको बिरुद्धमा लागी परेकी हिरामायाले बलिप्रथाको सन्दर्भमा आफ्नो रचना यसरि कोरेका छन । देबिको नाममा आफ्नो पेटलाई जनावरको चिहान नबनौ । खादैनन बली आमाबाबाले सन्तानको बली नचढौ । । बलिको अन्त्य गर्नुहोस , आत्माले शान्ती पाउने छ । सदैब रक्षा गर्नुहोस , तपाईको आयु बढने छ । । पशुपन्छिको आत्माले भन्दाछ सन्तान सम्झ नु । मनुष्य भ ई जन्मेर पशुको ब्य व हा र नगर्नु भनेर देबी देब ताको पशुपन्छिको बली दिने प्रथाको बिरोध गरेर स्वयम आफैपनी माछा , मासु , मदिरा से व नबाट टाढा छिन , त्यागेकी छिन , आफै उदाहरण पनि बनेकी छिन । घरायसि काम , घर ब्य व हा र , स्कुल बिभिन्न सङ्घसस्थाको जिम्मेवारिले आफ्नो व्यक्तिगत जिन्दगीलाई जुवाको खाल मा जुवाडेले च्याखे थापेको जसरि आफ्नो जिबनको प्रबाह नगरि बैशाख , जेठको चारको घाम , असार श्रावणको बर्खे भेल , पुष माघको ठण्डा यामको बाबजुदपनी साहित्य , सामाजिक , शिक्षण क्षेत्रमा लगातार लागी परेको यि नारी अवसर पायो भने आफ्नो क्षमता अझ शशक्त तरिकाले प्रस्तुत गर्ने धोको हिरामायाको मुहारमा देखिन्छ । रोकिदैन बग्ने खोला बाध परेनी । फेरी फुल्छन फुलहरु पहेली झ रेनी । । खाली आयौ , खाली जाने लानु के छ र ? को ढल्छ कहिले , कस्लाई थाहा छ र ? बाचुन्जेली न रिसाउनु , मिठा बात गर , को ढल्छ कहिले कस्लाई थाहा छ र भनेर आफ्नो भाब पोखेकी छिन । तर यहाँ क्षमतालाई माथी उमो लाग्न दिदैनन्, जे जस्तो भएपनी खानपानमा पनि फुक्का एक प्याकेट वाईवाई चाउचाउको भरमा ब्यस्तताकाकारण खाना नै चाउचाउलाई खाएर कयौ दिन बिताएका बिभिन्न क्षेत्रमा समयमा पुगेर नेतृत्व गर्दा पनि मुसुक्क हासेर बढो उत्साहकासाथ दुई हात जोडेर ल्हास्सो , नमस्कार गरेर शिर झुक्ने हिरामायाको बानी छ । उमेरले २७ बर्षको यात्रामा लागेपनी जती पिर , बेथा , बेदना , दुख परेपनी आफ्नो साथिभाई, घर परिवारलाई हत्तपत्त त्यस्ता कुराहरु पोख्दैनन , उल्टो मुसुक्क हासेर टार्ने शैली छ । कोही कसैलाई नमिठो बचन गरी चित्त दुखाउन नचाहने हिरामायाको सोझो, सरल र ईमान्दारितालाई केहि नेतृत्वले फाईदा उठाउदा पनि त्यही नेतृत्वसङ्ग सङ्गत गर्ने बानी छ नाम सार्बजनिक नगर्ने शर्तमा हिरामायाको एक साथी ब ताउछन । औपचारिक शिक्षामा प्रारम्भिक शिक्षा श्री ज्ञा नो द य आधारभुत बिद्यालयबाट प्रारम्भ गर्नु भएर २०६६ साल मा श्री मगरगाउ उच्च मा बिबाट एस एल सि , सोही उ मा बि बाट प्लस टु उतिर्ण पस्चात हाल श्री महाङकाल क्याम्पस गोटिखेल , ल लितपुरमा शिक्षा सङ्कायतर्फ स्नातक तहमा अध्यायनरत हिरामायाले बिभिन्न सङ्घसस्थाबाट कदर , प्रमाण पत्र प्राप्त गर्नु भ ई २०७२ मा सिकाई तर्फ छैटौ शैक्षिक बहस तथा शिक्षक स म्मा न मा भट्टेडाडा श्रोत केन्द्रबाट उत्कृष्ट सिकाईको पुरस्कार प्राप्त गर्नु भएको छ । भित्री रुपमा कबिता ले ख न , गायन , उदघोषण प्रती बढी झुकाब छ । अवसरबाट बन्चित यि सङ्घर्षशिल क्षमताका एक यात्री , एक नारी ,हिरामायाले पनि समयअनुकुल आफुलाई परिमार्जित गर्दै कुनै एक कार्यलाई बढी मात्रामा समय दिएर आफ्नो क्षमता अनुरुपकार्य गर्न सकेमा हिरामाया घिसिङ तामाङको सङ्घर्षले बाटो पहिल्याउन सकिन्छ नै । प्रस्तुती : श्याम ङेसुर तामाङ 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video