अपांगता/अल्पसंख्यक
Sep 24, 2018
नगरपालीकाहरुको न्यायीक समितिका पदाधीकारीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाण्डौं । असोज ८ ।सम्झौता नेपालले ललितपुरको याक पार्टी प्यालेस पुल्चोकमा उपत्यकाका न्यायिक समितिमा रहनुहुने जनप्रतिनिधि र कानुन ब्यवसायी बिच न्याय र कानुनको सवालमा एकदिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । काठमाडौ जिल्ला कागेश्वरी नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी ,चन्द्रागिरी नगरपालिका उपप्रमुख लिसा नकर्मी र महालक्ष्मी नगरपालिका ललितपुरका उपप्रमुख निर्मला थापाले न्यायिक समितिमा रहनुहुने नेतृत्व स्वयम् आफु नै परिबर्तन भएर लैङ्गिक समानताका आधारमा न्याय दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै गरि कानुन ब्यवसायी तथा अधिबक्ता सरला मोक्तान तामाङले न्यायिक समितिमा रहनुहुने जनप्रतिनिधिहरुले कानुन सम्बन्धी अध्ययन गरेर अगाडि बढेमा मात्र पिडितले न्याय पाउने बताउनुभयो । सम्झौता नेपालले आयोजना गरेको अन्तर्कृया कार्यक्रममा ललितपुर महानगरपालिकाका सदस्य ज्ञानभक्त डङगोल ,गोदावरी नगरपालिका वर्डा न.३ का वर्डा अध्यक्ष बालमुकुन्द घिमिरेले न्यायिक समितिमा रहेर काम गर्दा धेरै चुनौतिहरु रहेको त्यस्लाई सामना गरेर अघि बढनु पर्नेमा जोड दिएका थिए भने नागार्जुन नगरपालिका उपप्रमुख शुशिला अधिकारिले उपत्यकाका सम्पुर्ण महानगर नगर र गाउँ पालिकामा गठित न्यायिक समितिले काम शुरु गरिसकेको बताउदै आजै न्याय दिने गरि काम गरेर अघि बढ्नुपर्ने जनाउनु भयो । सम्झौता नेपालका कार्यक्रम निर्देशक जमुनादेबी तामाङले पिडितलाई न्याय दिलाउन ,न्यायिक समितिमा रहनु भएका प्रतिनिधिहरुलाई घचघचाउन कार्यक्रमको आयोजना गरेको बताउदै उपस्थित जनप्रतिनिधी, सरोकारवालाहरुलाई धन्यबाद ब्यक्त गरेका थिए । कार्यक्रममा ललितपुर,भक्तपुर ,काठमाडौका विशेष गरि महानगर,नगरपालिकाका न्यायिक समितिका प्रतिनिधिहरुको सहभागी रहेपनी गाउँपालिकाका न्यायिक समितिका प्रतिनिधिहरुको सहभागिता भने रहेको थिएन । सम्झौता नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समाजमा महिलाले पनि पुरुषलाई पीडा दिएर पिडित भएका घटनाहरु पनि न्यायिक समितिमा क्रमिक रुपमा आईरहेको न्यायिक समितिले त्यस्ता पुरुष पिडितहरुलाई पनि न्याय दिलाई रहेको जनाए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video