नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
समाज
Sep 24, 2018
लायन्स क्लबद्धारा नुवाकोटको पञ्चकन्यामा शैक्षिक सामग्री र विरामी बोक्ने स्टेचर वितरण
काठमाण्डौं । असोज ८ । नुवाकोटको एक विद्यालयका विद्यार्थीहरुलाई लायन्स क्लबले शैक्षिक सामग्री बितरण गरेको छ । लायन्स क्लब अफ काठमाण्डौं सामाखुसीले नुवाकोटको पञ्चकन्या गाँउपालीका २ स्थीत शान्ती विद्या प्रा.विका ६२ विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो । विद्यालयमा आयोजीत एक कार्यक्रमका बिच नेपाली काँग्रेसका युवा नेता रमेश महत र लायन्स क्लब अफ काठमाण्डौं सामाखुसीका अध्यक्ष परशुराम खतिवडाले संयुक्त रुपमा शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् । सोहि अवसरमा लायन्स क्लब अफ काठमाण्डौं सामाखुसीले स्थानीय सामाजीक संस्थाहरुलाई बिरामी बोक्नको लागि ७ थान स्टेचर समेत बितरण गरेको छ । 
Image may contain: 7 people, including Madhav Thakuri, people standing and outdoor
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता रमेश महतले आर्थिक अभावका कारण जिर्ण अवस्थामा पुगेको विद्यालयलाई बचाइराख्नका लागि बिगतदेखिनै सहयोग गदै आइरहेको बताँउदै लायन्स क्लबद्धारा बितरण गरीएको शैक्षिक सामग्रीहरुले विद्यार्थीको क्षमता अभिबृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौं सामाखुसीका अध्यक्ष परशुराम खतिवडाले लायन्सको विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप लायन्स क्लबले नियमीत कार्यक्रम अन्तर्गत सहयोग गरेको बताँउदै शैक्षिक सामग्रीहरुलाई सदुपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा पञ्चकन्या गाँउपालीकाकी उपप्रमुख सिता खडका, पञ्चकन्या गाँउपालीकाका पुर्व गाविस अध्यक्ष माधव खनाल, पञ्चकन्या गाँउपालीका वडा ३ अध्यक्ष बाबुराम पराजुली, लायन्स क्लब अफ सामाखुसीका पुर्व लायन्स अध्यक्षहरु शिवराम गौतम र हेमराज बराल लगायत स्थानीयबासीहरुको उल्लेख्य उपस्थीति रहेको थियो । 
Image may contain: 18 people, people sitting
Image may contain: 8 people
sfd
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video