काठमाण्डौंमा भुकम्पको धक्का  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी  |  महिला पत्रकारमाथी सिडियोले कार्यकक्षमैगरेको दुर्व्यबहारप्रति प्रेस सेन्टरको आपत्ती,सिडियो थापालाई कारबाहीको माग

BREAKING NEWS:

समाज
Sep 24, 2018
पानीका स्रोतका लागि सम्भाव्यता अध्ययन शुरु
 ललितपुर,  असोज ८ ।  सबै नगरवासीलाई खानेपानी पु¥याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता अध्ययन शुरु गरेको छ । 

पानीका स्रोतको प्रयोग बढाएर नगरवासीले भोग्दै आएको पानीको अभाव कम गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । यहाँ हिउँदमा पानीको समस्या बढ्ने गरेको छ । चापागाउँ, डुकुछापमा डिप बोरिङ गर्ने योजना रहेको उहाँले बताउनुभयो । कोनाखोला र गोदावरीखोलामा अध्ययन भइरहेको छ । उहाँले भन्नुभयो, “विस्तृत योजना प्रतिवेदन तयार भइरहेको छ, त्यसको नतिजाका आधारमा काम हुनेछ ।” 

नगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सँगको सहकार्यमा पानीको व्यवस्थापन शुरु गरेको हो । त्यसका लागि बजेटसमेत विनियोजन भएको छ । कोनाखोलामा ड्याम निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले यस वर्ष बजेट छुट्याएको छ । नगरपालिकाले नगरवासीको पहिलो नारा ‘घरघरमा पानी सहितको धारा’ नारालाई व्यवहारमा उतार्न लागेको प्रमुख महर्जनले बताउनुभयो । नगरपालिकाभित्र पानीका साना र ठूला गरेर स्रोतहरु रहेका छन् । उहाँले भन्नुभयो, “तिनैको प्रयोगबाट सबै नगरवासीलाई पानी पु¥याउन सकिन्छ ।” 

नगरपालिकाको ठेचो, बाँडेगाउँ, चापागाउँ लगायतका स्थानमा पानीको समस्या बढिरहेको छ । केही वर्षपहिले सम्म यहाँ पानीको समस्या थिएन । बस्ती बाक्लो हुँदै जाँदा नगरवासीले पानीको अभाव भोग्न बाध्य भएका हुन् । स्थानीय निकाय, प्रदेश र सङ्घको निर्वाचनमा सबै उम्मेदवारले पानी सबैलाई उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video