अपांगता/अल्पसंख्यक
Sep 24, 2018
समाजसेवी अनुजकुमार श्रेष्ठको सक्रियतामा नुवाकोटमा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण
काठमाण्डौं । असोज ८ । समाजसेवी एवं लायन्स क्लव अफ काठमाडौं ग्लोबल टाउनका अध्यक्ष अनुज कुमार श्रेष्ठको सक्रियतामा नुवाकोटमा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । 
लायन्स क्लव अफ काठमाडौं ग्लोबल टाउन, स्वयम्भू टाउन, सेन्ट्रल टाउन र सिम्रिक ग्रुपको सहयोगमा आइतवार एक कार्यक्रमका बिच नुवाकोटको विदुर नगरपालिका ५ स्थित माझीटारको बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष रमेश आचार्यलाई सहायक सामग्री वितरण गरिएको हो । 
लायन्स क्लबहरुको सहयोगमा पाँच थान ह्वील चियर, चार थान वाकर, ३ थान हियरिङ एड र दुईथान सेतो छडी वितरण गरिएको लायन्स क्लव अफ काठमाडौं ग्लोबल टाउनका अध्यक्ष अनुजकुमार श्रेष्ठले बताउनुभयो । लायन्स क्लवको लिभिङ बाई गिभिङ अर्थात “दिएर बाँचौ” भन्ने मूल कार्यक्रम अन्तरगत अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री बितरण गरिएको श्रेष्ठको भनाई थियो । वितरण कार्यक्रममा नेकपाका युवा नेता उत्तम श्रेष्ठको समेत उपस्थीति रहेको थियो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video