नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
राजनीति
Sep 24, 2018
जिल्ला र स्थानीयस्तरको पार्टी एकता प्रक्रिया छिट्टै पूरा हुने "भीम रावल"
 अत्तरिया, कैलाली,असोज   ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रदेश नं ७ का इञ्चार्ज भीम रावलले जिल्ला र स्थानीयस्तरको पार्टी एकता प्रक्रिया छिट्टै पूरा हुने बताउनुभएको छ । 

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले जिल्ला समितिको नाम सिफारिस गर्दा करीब करीब अन्तिम बनाएर पठाएको हुनाले प्रदेश नं ७ मा जिल्ला र स्थानीयस्तरको एकता प्रक्रिया छिट्टै टुङ्गिने बताउनुभयो । उहाँले सङ्घीयता नयाँ प्रयोग भएकाले सरकारलाई काम गर्न समस्या भएको बताउनुभयो । नेता रावलले प्रदेश सरकारले संरचना बनाउने, कानून बनाउने र प्रयोग गर्दै जानुपर्ने स्थितिमा उनीहरुको काममा आलोचना गरिहाल्नुपर्ने स्थिति नरहेको समेत स्पष्ट पार्नुभयो । 

निर्मला पन्त बलात्कार तथा हत्याको घटनाका दोषी पत्ता लगाइ कारवाही गर्न पार्टीले सरकार र प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताउँदै दोषीलाई कारवाही हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो । पत्रकार सम्मेलनमा उपस्थित नेकपाका नेता लेखराज भट्टले आफूले पार्टीको कुनै जिम्मेवारी नपाएकोमा आफ्नो कुनै गुनासो नरहेको बताउनुभयो । उहाँले पार्टीले पद तथा जिम्मेवारी बाँडफाँडमा कुनै पक्षपात नभएको समेत स्पष्ट पार्नुभयो । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video