प्रधानमन्त्रीले भोली सम्म सर्वसाधारणलाई दशैंको टिका लगाउने, टिका लगाउन यति बेला पुग्नुहोस  |  मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या
राजनीति
Sep 26, 2018
बिपी कोइरालाले लेख्नु भएका पार्टीको विधानलाई गम्भीर भएर परिमार्जन गर्नुपर्ने :डा शशाङ्क कोइराला
 पोखरा असोज १० ।  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ऐतिहासिक कालखण्डमा बिपी कोइरालाले लेख्नु भएका पार्टीको विधानलाई गम्भीर भएर परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । 

नेपाली काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा विधान संशोधन एवं सुझाव सङ्कलन विषयमा आयोजित दुई दिने प्रदेशस्तरीय भेलामा उहाँले नेपाली काङ्ग्रेसलाई झन सङ्गठित र सर्वश्रेष्ठ पार्टी बनाउने खालका सुझाव दिन सबैमा आग्रह गर्नुभयो । 

नेपाली काङ्ग्रेसका विधानको सम्बन्धमा सुझाव दिने विषय संविधानको विपरीत नहुनेतर्फ कार्यकर्तालाई सचेत गराउँदै उहाँले पार्टीको विधानमा आवश्यकता अनुरुप सुझाव दिनुपर्नेमा जोड दिनुभयो । 

पार्टी विधान संशोधन तथा सुझाव सङ्कलन टोली गण्डकी प्रदेशका संयोजक फरमुल्ला मन्सुरले गतिशील र सङ्गठित काङ्ग्रेस बनाउनका लागि पार्टीको विधानमा परिमार्जन गरेर एक तिहाइ पद आरक्षित गर्न लागिएको जानकारी दिनुभयो । 

संविधानअनुरुप, समावेशी, समानुपातिकको आधारमा महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुश्लिमलगायतका वर्गलाई समेटेर विधान बनाउन लागिएको उहाँले स्पष्ट पार्नुभयो । 

विधान संशोधन तथा सुझाव सङ्कलन टोलीका सदस्य अमरसिंह पुनले काङ्ग्रेसलाई मजबुत बनाउने खालका सुझाव दिन आग्रह गर्दै पार्टीको विधानमा सम्मानित सदस्य, विशेष सदस्य, क्रियाशील सदस्य र गाउँ–टोली समितिको रुपमा वर्गीकरण गर्ने सोचाइ रहेको उल्लेख गर्नुभयो । 

नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको आन्तरिक शक्तिलाई बलियो बनाउनुपर्ने विषयमा जोड दिँदै युवा पुस्तालाई पार्टीको मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video