नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपी बढुवाको सिफारीसमा, को को भए सिफारीस ?  |  अस्ट्रेलीयामा नेपाली विद्यार्थी अलपत्र बारेमा नेपाल सरकारका पुर्व सचिब उपाध्यायको बिचार यस्तो  |  दाउरा काटन जंगल गएकी महिलालाई बलत्कार गर्ने एक पक्राउ  |  पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा
राजनीति
Sep 26, 2018
राष्ट्रियसभा बैठक : शान्ति सुरक्षाको अवस्था खस्किएकामा चिन्ता
 काठमाडौँ, असोज १० ।  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मुलुकभर शान्ति सुरक्षाको अवस्था खस्किएको, अपराधी राज्यभन्दा बलिया भएको हुने प्रवृत्तिको नियन्त्रण गर्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

सभाको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले शक्तिशाली सरकार भए पनि देशभर नागरिक असुरक्षामा बस्नुपरेको र राज्यको उपस्थिति देख्न नपाइएकामा सरकारको आलोचना गर्नुभयो । कञ्चनपुरको १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । 

सांसद देवकोटाले सरकारले जनअपेक्षालाई सम्बोधन गर्न नसकेकामा गुनासो गर्दै नागरिकलाई राज्यको अनुभूति गराउन माग गर्नुभयो । 

यस्तै सांसद कमलाकुमारी ओलीले चाडबाडको समयमा चिनीको मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो । सार्वजनिक यातायातमा एकाधिकारको अन्त्य भए पनि व्यावहारिक रूपमा त्यस्तो नभएको भन्दै सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । सांसद उदया शर्मा पौडेलले प्राकृतिक उपचार प्रणालीको विकास र विस्तारमा जोड दिन माग गर्नुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video