मनाेरञ्जन/रोचक
Sep 27, 2018
तस्वीर प्रतियोगितामा राससकर्मी पुरस्कृत
 धादिङ, असोज ११ ।  जिल्लामा आयोजित प्रथम तस्वीर प्रतियोगितामा राससकर्मी सीताराम अधिकारीले खिंच्नुभएको तस्वीरले पहिलो पुरस्कार हात पारेको छ । 
नेपाल फोटो पत्रकार सङ्घ धादिङले आयोजना गरेको प्रतियोगितामा समावेश भएका ८३ जनाका १५८ तस्वीरमध्ये अधिकारीले १५ वर्षअघि खिंचेको ‘काठेकोलमा तेल पेलान’ शीर्षक तस्वीरले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा गणेश ढुङ्गाना द्वितीय र प्रमिला गिरी तृतीय भएका छन् । प प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले क्रमशः रु २५ हजार, रु २० हजार र रु १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो । 
कृषि, पर्यटन, मानवीय संवेदना, शिक्षा, स्वास्थ्य, साहित्य, संस्कृति, खेलकूद र जिल्लाका ऐतिहासिक महत्व बोकेका दृष्यका आधारमा उत्कृष्ट तस्वीर छनोट गरिएको निर्णायकमण्डलका सदस्य राजन काफ्लेले जानकारी दिनुभयो । 
राससका फोटो पत्रकार प्रदीपराज वन्त, स्वतन्त्र फोटो पत्रकार काफ्ले र कान्तिपुर दैनिकका फोटो पत्रकार शालिग्राम तिवारी रहेको निर्णायकमण्डलले प्रतियोगितामा उत्कृष्ट तस्वीर छनोट गरिएको हो । कार्यक्रमका अवसरमा जिल्लामा पहिलो पटक प्रयोग गरिएको डिएलआर मोटल क्यामरा प्रदर्शनी गरिनाका साथै जिल्लाका पहिलो फोटोग्राफर लेख श्रेष्ठ र पहिलो फोटो पत्रकार राजेन्द्रप्रताप शाहलाई सम्मान गरिएको थियो । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video