कांग्रेस नेता भन्छन्–सरकारले निर्मलाकाे हत्यारालाई बचायो, ओलीले संविधान चपाउन थाले !  |  नेकपा स्थायी कमिटी बैठक : ओली–प्रचण्डको राजनीतिक प्रतिवेदन पेश  |  नुवाकोटमा आइचर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, १५ बढी घाईते  |  नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा
राजनीति
Sep 28, 2018
राजनीति गर्ने आश मदै गएको छ ः घिमिरे
श्याम तामाङ । ललितपुर । असोज १२ । नेपालमा महिला अधिकारका निम्ती सेमिनार, गोठी,  जनचेतनाको नाममा दातृ निकायले करोडौं रकम सिध्याए तर अहिले सम्म आधा आकाश भनेर चिनिने कयौं नेपाली महिलाहरुको ज्ञान, सिप र क्षमता चुलो चौकोमा मात्र सिमित रहेको छ । चुलोचौकोबाट मुक्त भएर समाज परिवर्तनका निम्ती लाग्दै गरेका कयौं महिला नेतृहरु तिनै महिला अधिकारका निम्ती मिठा भाषण दिएर हिडने राजनैतिक दलका नेताहरुको बिभेदबाट पिडीत बन्दै आएका छन् । आवश्यक पर्दामा प्रयोग गर्ने तर महिलाहरुलाई राजनैतिक अधिकार दिने बेलामा आफनै आफन्ता, नतागोता तथा चाकडीगर्नेहरुलाई छानेर मात्र स्थान दिने गरेका कारण पार्टीहरुमा योगदान दिएका महिला नेतृहरु चिन्तीत छन् । 
महिला अधिकारहरु भाषणमा जति मिठो तरीकाले सुन्न पाएपनि व्यवहारमा भने निकै दरार रहेको छ । चुलो–चौको छाडेर अनेकौं चुनौतिको पहाडहरुलाई छिचोल्दै अगाडी बढेका महिलाहरुपनि सफलताको गन्तव्य सम्म पुगेका थोरै उदाहारणहरु छन् । राजनीति होस या व्यवसाय जे मा पनि महिलाहरुलाई सफलतामा पुग्नका निम्ती निकै ठुलो संघर्ष गर्नुपर्ने अवस्था रहेको उनिहरुको भनाई छ । यस्तै संघर्ष गरेर अगाडी बढीरहेको एक महिला योद्धाको नाम हो गङ्गा घिमिरे । ललितपुरमा बसोवास गदै आउनु भएकी घिमिरे समाजसेबी तथा राजनितिकर्मी हुन् । नखिपोट ललितपुरमा बस्दै आउनुभएकी घिमीरेको सफलतासंगै निकै ठुलो संघर्षका इतिहाँसहरु साक्षी छन् ।  
काभ्रे जिल्ला बेथानचोक गाँउ पालिकास्थित ढुङखर्कमा पिता कुलप्रसाद तिमल्सिना र माता देबकी दहालको कोखबाट २०२५ श्रावण २७ गतेका दिन गङ्गा तिमल्सिनाको जन्म भएको थियो । गङ्गाको दाई ठाकुर , बिष्णु र  भाईहरु नारायण , प्रल्हाद , राजकुमार , नबराज तिमल्सिना गरी ६ भाई दाजुभाईको एकमात्र चेली हुन । आफु सानो छदा आफ्नो बुवाको देहान्तको कारणले औपचारिक शिक्षा हासिल गर्न नपाएकोमा आफुलाई धेरै चिन्ताबोध भएको गङ्गा सुनाउछिन । हिन्दू धर्मनुसार प्रेम बिबाहमा अनुरुप ललितपुर कोन्ज्योसोम गाँउ पालिका वर्डा न २ शङखुका तेजप्रसाद घिमिरेसङ्ग २०४२ श्रावण ११ गते गङ्गाले बैबाहिक लगनगाठो गासेकी थिईन । गङ्गा र तेजप्रसाद घिमिरे दम्पतिको दुई छोरा श्याम र निर्मल शशी घिमिरे गरी दुईमात्र सन्तान रहेको छन् । 
जसरी प्रकृतिले गङ्गा नदिको पानीको स्वच्छ्ताको छबी बनाएको हुन्छ गङ्गाको नाम र ब्यवहार पनि त्यस्तै रहेको छ । सामाजीक काममा अगाडी बढने क्रममा दक्षिण ललितपुर समाजलाई आज भन्दा नौ÷दश बर्ष अघी सुनाकोठिमा झण्डै ६० लाख पर्नेको ३ आना जग्गा दान गरेकी थिइन् । मनमोहन हस्पिटल,प्रभात बचत तथा ऋण सहकारी संस्थाको संचालक, केहि सहकारी सस्थाको सदस्य , सन्चालक समेत रहनु भएकी गङ्गा बिभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाहरुमा रहेर काम गदै आइरहेकी छन् ।  
राजनीति र समाजसेवाको क्षेत्रमा लागि रहेकी घिमिरेले हङकङ सम्म पुगेर नयाँ अनुभब बोटल्न सफल भएकी छन् । गङ्गा जती सामाजिक , धार्मिक क्षेत्रमा कृयाशिल छिन त्यत्तिकै राजनितिमा पनि लागेकी छिन । २०४६ सालताका आफ्नो श्रीमान तेजप्रसाद घिमिरेको प्रेरणाले कम्युनिष्ट पार्टिमा लाग्दै राजनितिमा होमिएकी गङ्गाले नेकपा एमालेको सङ्गठित सदस्य लिएको पनि बषौं बितिसकेको छ । त्यती मात्र होइन् अखिल नेपाल महिला सङ्घको ललितपुर महानगरपालिका वर्डा न.१५ को वर्डा सचिब ,युवा सङ्घ नेपालको सदस्य ,नखिपोट लाईन टोल सुधार समितीको सदस्य समेतको नेतृत्व लिएकी गङगाले सद्स्यता प्रदान गरेको कयौं कार्यकर्ता यत्तिखेर संसद हुदै मन्त्रीको लाइनमा छन् । 
तर उनि भने अझै सङ्गठित सदस्यको कार्ड भिडिरहेकी छन् ।  ललितपुर महानगरपालिका वर्डा न १४ नखिपोटको नेकपा एमालेको वडा सचिब, अध्यक्षको नेतृत्व गर्दै एक दशक नेतृत्वमा रहेर गत साल सम्पन्न स्थानिय , प्रदेश तथा प्रतिनिधि सभाको चुनाबमा ज्यानै दिएर लागेपनि नेकपा एमाले पार्टिका नेतृत्वले  आफुप्रती खाशै योगदान र महत्व नदिदा दुख लागेको गङ्गा घिमिरेको गुनासो छ । राजनितिक पहुच भनेको यहाँ जनताले चिन्ने,जनताबिच सुख÷दुखमा साथ दिनेलाई भन्दा पनि नेताको अघिपछी लाग्ने,घर घर ,ढोका घच घचाउनेले मात्र राजनितिक नियुक्ती र टिकट प्राप्त गरेकोको प्रति दुख व्यक्त गरीन् । 
राजनितिमा लागेपछी नेतृत्वले राजनितिक योगदानको कदर गर्न सक्नुपर्छ घिमिरेको तर्क छ । एमाले–माओवादी बिचको एकिकरणले छालाङ मारेर एकताको सुत्रमा बाधेपनी भागबन्डाको कारणले ईमान्दार नेताहरु पार्टिको नेतृत्वदायी कमिटिमा अटन नसकेकोमा चिन्ता ब्यक्त गरेकी छिन । केहि सामाजिक सङ्घ सस्थाबाट आफुले गरेको योगादानको मुल्याङकन गर्दै सम्मा न प्राप्त गरेकोमा खुशी हुँदै समाजसेबी तथा राजनितिकर्मी गङ्गा घिमिरेले योगदानको कदर , मुल्याङ्कन नभएपछी राजनिती गर्ने आश मर्दैगएको बताइन् । उनले भनिन् “म जस्ता सयौ महिला नेतृहरु र पुरुष नेताहरु अब नेता भन्दा पनि नेपाल कम्युनिष्ट पार्टी नेकपाको भोटरमात्र रहेर बस्नु पर्ने राजनिती गर्ने आश मर्दै गएको छ ।”
   
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video