समाज
Sep 29, 2018
राजारामको नेतृत्वमा नुवाकोट–गोंगबु सम्पर्क समाजको नयाँ कार्यसमिति चयन
रबिन थपलिया । काठमाण्डौं । असोज १३ । नुवाकोट घरभई काठमाण्डौंको गोंगबुमा बस्दै आएका नुवाकोटबासीहरुको संस्था नुवाकोट–गोंगबु सम्पर्क समाजको अध्यक्षमा राजाराम पुडासैनी सर्वसम्मत चयन भएका छन् । टोखा नगरपालीका ११ स्थीत सामुदायीक भबनमा भएको कार्यक्रममा निर्वाचन मण्डलका संयोजक भिम ढकालले पुडासैनीको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमितिको घोषणा गरे । 
कार्यसमितिको प्रथम उपाध्यक्षमा महेश थपलिया, द्धितिय उपाध्यक्षमा योगेन्द्रराज पाण्डे, महासचिबमा अच्युत कुंइकेल, सचिबमा राजन सेढाँई, कोषाध्यक्षमा गायत्री रिमाल, सह कोषध्यक्षमा अप्सरा पण्डीत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा निसा पाण्डे, सम्भु पाण्डे, अर्जुन पन्त, इश्वरी आचार्य, दामोदर पाण्डे, सालीकराम लामिछाने, उद्धव पाण्डे, टेक बहादुर मानन्धर, मधु प्रसाद पाठक, तेजप्रसाद सेढाँई, दामोदर उप्रेती, गायत्री श्रेष्ठ रहेका छन् । बाँकी दुई सदस्य भने नवनिर्वाचीत कार्यसमितिले चयन गर्नेछन् । 
त्यस्तै सल्लाहकार समितिमा निर्वातमान अध्यक्ष उत्तम अधिकारी, केदारनाथ पाठक, प्रा. रामेश्वर उपाध्याय, विश्वकिर्तिमानी अनन्तराम केसी, मदुसुधन पाण्डे, प्रा. बद्री प्याकुरेल, डा. चेतनाथ अधिकारी, सोम प्रसाद भण्डारी, नवराज सिलवाल, रामबाबु पाण्डे र कानुनी सल्लाहकार भिम ढकाल चयन गरिएको छ । 
नुवाकोट गोंगबु सम्पर्क समाजको तेस्रो साधारणसभामा बोल्दै निवर्तमान अध्यक्ष तथा टोखा नगरपालीका ११ का वडाअध्यक्ष उत्तम अधिकारीले थोरै मानिसहरु मिलेर जन्माएको संस्थालाई सयौं सदस्यसहित नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न पाँउदा खुसी लागेको बताँउदै आगामी दिनमा पनि आफनो तर्फबाट सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
अधिकारीले नयाँ कार्यसमितिलाई बधाई र सुभकामना व्यक्त गदै आफनो कार्यकालमा सहयोग गर्ने सवैलाई धन्यवात दिए । 
नवनिर्वाचीत अध्यक्ष राजाराम पुडासैनीले समाजको कार्यक्षेत्र गोंगबुलाई बिस्तार गरेर टोखा नगरपालीका स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गदै नयाँ कार्यसमितिलाई साथ र सहयोग गर्न सवैलाई अपिल गरे । 
कार्यक्रममा योग प्रशिक्षक केदारनाथ पाठक, प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्याय लगायतले नयाँ कार्यसमितिलाई सफलताको सुभकामना व्यक्त गरे । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video