नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी  |  महिला पत्रकारमाथी सिडियोले कार्यकक्षमैगरेको दुर्व्यबहारप्रति प्रेस सेन्टरको आपत्ती,सिडियो थापालाई कारबाहीको माग  |  एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? ः गजुरेल  |  एपीएफ टोलीद्वारा करीव ९ के.जी. चरेशसहित दुई जना पक्राउ
समाज
Sep 30, 2018
ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी कानून कार्यान्वयनमा राष्ट्रपतिको जोड
 काठमाडौँ, असोज १४ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, कानून र नीतिहरुले ज्येष्ठ नागरिकको अधिकार संरक्षण गरेकाले तिनलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले राष्ट्रका सम्पूर्ण ज्येष्ठ नागरिकको शान्त, सुखी, स्वस्थ र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्दै तिनको अधिकारका लागि अमूल्य योगदान दिएका सम्पूर्ण अभियानकर्मीमा सम्मान व्यक्त गर्नुभएको छ । “जीवनको अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप, अनुभव र ऊर्जालाई समाजोपयोगी कार्यमा लगानी गर्नुभएका ज्येष्ठ नागरिकहरू निश्चय नै राष्ट्रका धरोहरका रूपमा आदरणीय हुनुहुन्छ । ज्येष्ठ नागरिक ज्ञानका महत्वपूर्ण स्रोत भएकाले उहाँहरुको विचार समाजमा ल्याउनुपर्दछ”, सन्देशमा भनिएको छ । 

माया, ममता र करुणाका सागर ज्येष्ठ नागरिकको संरक्षकत्व प्राप्त गरी हजुरबा, हजुरआमा, आमाबाबु, छोराछोरी र नातिनातिना एउटै परिवारमा अटाउने हाम्रो पूर्वीय दर्शनमा आधारित आदर्श परिवार बनाउन आजको दिनले सम्बद्ध सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गर्नुभएको छ । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video