प्रमुख समाचार
Oct 01, 2018
छानबिन समितिका सदस्य एवं उप सचिव वीरेन्द्र केसी चढेको जीपमा ढुङ्गा प्रहार
 धनगढी, असोज  ५ ।  कञ्चनपुरकी निर्मला पन्त हत्या घटनाका छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिका सदस्य एवं उप सचिव वीरेन्द्र केसी चढेको जीपमा आज ढुङ्गा प्रहार गरेको छ । 

धनगढी विमानस्थालवाट बजारतर्फ आउँदै गरेको केसी सवार बा१झ ९७०३ नं. को सरकारी जीपमा बन्दकर्ताले बोराडाँडी सडकखण्डमा दिउँसो ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । 

केसी सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत हुनुहुन्छ । ढुङ्गा प्रहारबाट केसी सवार जीपको पछाडिको भागको सिसामा क्षति पुगेको छ । 

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी रहने स्थानको विषयमा प्रदेशसभाले गलत निर्णय गरेको भन्दै विरोधमा दुई दिनदेखि स्थानीयवासीले धनगढीमा हड्ताल गरेका छन् । हड्तालका कारण यातायात, व्यापार व्यवसाय र शैक्षिक संस्था ठप्प रही जनजीवन प्रभावित बनेको छ । प्रहरीले बन्द गराउँदै हिँडेका मध्ये सात जनालाई आज नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video