अमेरिकै बस्ने भ​ए यि ४ कुराहरु नभुल्नु!  |  सामुदायिक सेवा केन्द्र टुँडालदेबी को तेह्रौं साधारणसभा सम्पन्न राम प्रसाद न्याैपाने को अध्यक्षमा नयाँ कार्य समिति चयन,  |  पर्वतमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३८ घाइते  |  अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै पूर्वमन्त्री पाण्डे ४ करोड धरौटीमा रिहा  |  नेकपाभित्रको आन्तरिक विवाद उस्तै, कार्यदल पनि बनाउन सकेन  |  अब शिक्षकको लाइसेन्स परीक्षा आउँदो फागुनभित्रै खुल्ने  |  ब्युटिपार्लरमा जागिर लगाइदिने भन्दै कोठीमा लगेर बिक्री  |  सिटिजन्स बैंकको बाह्रौ वार्षिक साधारणसभा सम्पन्न  |  पुननिर्माणको गति र अनुगमन दुवै प्रभावकारी हुनुपर्दछ ः प्रम ओली  |  साँस्कृतिक विविधताले नेपालीको एकता थप मजवुद ः प्रम ओली
राजनीति
Oct 01, 2018
ग्रामिण क्षेत्रमा सशस्त्र संघर्ष र शहरी क्षेत्रमा सशस्त्र जनविद्रोहको कार्यदिशा सहित नेकपा(माओवादी)को राजनैतिक दस्तावेज तयार
रबिन थपलिया । काठमाण्डौं । असोज १५ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले सशस्त्र संघर्ष र सशस्त्र जनविद्रोहको मिश्रण प्रणाली मार्फत नेपाली क्रान्ति सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ । 
राष्ट्रिय सम्मेलनमा छलफलका लागि तयार पारीएको राजनैतिक दस्तावेजमा नेपालमा दश बर्षको जनयुद्ध पश्चात देशमा गुणात्मक हेरफेर नभएकाले नेपाली क्रान्तिको कार्यदिशा नयाँ जनवादी क्रान्तिनै रहेको उल्लेख गरिएको छ । यहि पुसमा हुन गइरहेको उक्त पार्टीको राष्ट्रिय सम्मेलनका लागि तयार पारीएको १८२ पेज लामो राजनैतिक दस्तावेजमा भनिएको छ “ग्रामिण क्षेत्रमा सशस्त्र संघर्ष र अन्तमा शहरी क्षेत्रमा सशस्त्र जनबिद्रोहको मिश्रण सहितको कार्यदिशा अवलम्बन गर्नुपर्दछ यहिनै नेपाली क्रान्तिको बाटो हो ।”
पार्टीको राजनैतिक कार्यदिशा र क्रान्तिको बाटोको बिषयमा नेपाल अझैपनि अर्ध सामन्ती तथा नव औपनीवेसीक अवस्थामा रही आएको, नेपाली क्रान्तिका दुस्मन घरेलु प्रतिकृयावादी र बैदेशीक प्रतिकृयावादी दुवै रहेको उल्लेख छ । 
नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता पछि माओवादी केन्द्रबाट असन्तुष्ट रहेका माओवादी केन्द्रका पोलीटव्युरो सदस्य बिमल अधिकारी सहित ५० भन्दा बढी केन्द्रीय सदस्यहरुले नेपाल कम्युनिष्ट पार्टी(माओवादी) पुनरगठन गरेका थिए । प्रचण्डका निकट मानिने युवा नेता अधिकारीले प्रचण्डले एमालेसंग आत्मसमर्पण गरेर जनयुद्धको गम्भीर अपमान गरेको भन्दै पार्टी पुनस्थापना गरेका थिए । 
दस्तावेजमा राष्ट्रिय मुक्ति आन्दोलन र १८१४ को सुगौली सन्धीको विशाल नेपालको परिकल्पना समेत गरिएको नेकपा माओवादीका संयोजक  बिमल अधिकारीले बताए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video