सार्वजनिक विदा पूर्नस्थापना नगरे आँफै विदा घोषणा गर्छौं ः नेपाल आदिवासी जनजाति महासंघ  |  एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी  |  नेपाल आईडलकी अस्मिता र डा रिजालले संगै गित गाए  |  निर्मला हत्या प्रकरणः गल्ती गरेको भए बर्दि फुकाल्छुः खनाल  |  एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !  |  स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य निकै खस्कियो, सेयरधनीहरु आक्रोशित, साधारण सभामा बिवाद हुने भएपछि आर्मी क्वलमा सभा आव्हान  |  प्रहरी नियमावलीको बाधा खुले, एसएसपी बढुवाका लागि डेढ दर्जन प्रतिस्पर्धी  |  जिल्ला पुनर्निर्माण समन्वय समिति ललितपुरको बैठक , स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर  |  विभिन्न तहका सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमाः महासंघ  |  राजदूतको नाम सर्वसम्मतिले अनुमोदन
प्रमुख समाचार
Oct 01, 2018
दोहोरो कर नलगाएको स्पष्ट
 काठमाडौँ, असोज  १५ ।  कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सर्वसाधारणलाई मारमा पार्ने कुनै पनि प्रकारका करको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

ललितपुर उद्योग वाणिज्य महासङ्घको ३९औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरलेले कुनै पनि स्थानीय, प्रदेश तथा सङ्घीय तहको सरकारले जनतालाई समस्या उत्पन्न हुने कुनै पनि प्रकारको कर तथा दोहोरो कर नलगाएको स्पष्ट गर्नुभयो । 

उहाँले वर्तमान समयमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबीच आवश्यक पर्ने कानून बनिनसकेका कारण पनि यस्ता प्रकारका समस्या उत्पन्न भएको हुनसक्ने उल्लेख गर्नुभयो । पछिल्लो समय करको विषयमा आइरहेको चर्चाका बारेमा सरकार गम्भीर रहेको भन्दै उहाँले सत्यतथ्यसहित अनावश्यक रुपमा कुनै पनि सरकारले कर लिएको भए सङ्घीय सरकारले त्यसको समाधान गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीयलगायतको विकास गर्दै देशमा नै रोजगारीको वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले सरकारले विकासको लहर सिर्जना गरिरहेको तर त्यसमा कतिपयले अवरोध सिर्जना गर्न खोजेको भन्दै राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यबद्धता जनाउन सम्पूर्ण राजनीतिक दललाई आग्रहसमेत गर्नुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video