पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा
प्रवासी खबर
Oct 02, 2018
साइबर सेवाको ‘गलत प्रयोग गर्ने’ दक्षिण कोरियाका पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी
 सिओल, दक्षिण कोरिया,  असोज १५ । दक्षिण कोरियाको प्रहरीले आफ्ना पूर्व प्रमुख चो ह्युन–ओलाई साइबरको प्रयोग गरी नागरिकको आम धारणालाई अनुदारवादीहरूको पूर्व सरकारलाई पक्षमा लान मुख्य भूमिका गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । 

सन् २०१० देखि २०१२ सम्म राष्ट्रिय प्रहरी संगठनको प्रमुख रहेका चोले प्रहरी अधिकारीलाई सञ्चालन गरी इन्टर्नेटमा ४० हजारभन्दा बढी सन्देश लेखी तत्कालिन सरकारको पक्षमा प्रचार गरेको आरोप लगाइएको छ । 

उहाँले तत्कालिन राष्ट्रपति ली म्युङ–वाक प्रशासनको समर्थनमा सकारात्मक विचार लेखेर उहाँको पक्षमा जनमत देखाउन खोजेको आशङ्का गरिएको छ । 

हाल अवकाश प्राप्त भइसकेका चोले आरोपको खण्डन गर्नुभएको छ । 

चोको नेतृत्वमा रहेका केही पूर्व प्रहरी अधिकारीसमेतको उक्त घटनामा सम्लग्नता रहेको आरोपमा अनुसन्धान जारी रहेको छ । यद्यपि पक्राउ आदेश दिन अदालतले भने अस्वीकार गरेको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video