शिक्षा /स्वास्थ्य
Oct 03, 2018
विश्व शिक्षक दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम
 काठमाडौँ, असोज १७ । ‘शिक्षा अधिकारको तात्पर्य, योग्य शिक्षकको अधिकार’ नाराका साथ विश्व शिक्षक दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ । 

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन (युनेस्को)ले सन् १९९४ देखि हरेक अक्टोबर ५ मा यो दिवस मनाउने घोषणा गरेको थियो । दिवसका अवसरमा नेपाल शिक्षक महासङ्घले ललितपुरमा ¥याली आयोजना गरेको छ भने युनेस्को काठमाडौँको सहयोगमा आज एकदिवसीय कार्यशालाको आयोजना गरेको छ । 

महासङ्घका अध्यक्ष बाबुराम थापाले आफूहरूको पेशागत माग र सुविधाका विषयमा गरिएको सम्झौता कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने भन्दै अन्यथा आन्दोलनमा जाने चेतावनी दिनुभयो । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video