नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
समाज
Oct 03, 2018
मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी
 गोरखा, असोज १७ ।  गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो आम्दानी गर्दै आउनु भएको हो । 

स्थानीय जातका मौरीपालन गरी मह तथा मौरीको घर बेच्न थाल्नुभएको करीब नौ वर्ष भइसकेको छ । देवकोटा माउण्टेन हनी उत्पादन तथा प्रशोधन केन्द्र खोलेर अहिले स्थानीय सेरेना जातको मौरी पाल्दै आउनुभएको छ । उत्पादन भएको मह अहिले मानाको रु ८०० का दरले बिक्री हुने गरेको देवकोटाको भनाइ छ । 

मौसमअनुसार मौरीले मह उत्पादन गर्ने बताउँदै देवकोटाले मङ्सिर चैत लगायतको समयमा एक घार मौरीले चार पाथीसम्म मह उत्पादन गर्ने गरेको बताउनुहुन्छ । देवकोटाका अनुसार मङ्सिर र चैत महिनामा सबैभन्दा धेरै मह उत्पादन हुने गर्दछ । मह उत्पादनसँगै उहाँले घार पनि बिक्री गर्दै आउनुभएको छ । 

‘‘पहिलोको तुलनामा अहिले महभन्दा मौरीसहितको घार बिक्रीबाट बढी आम्दानी हुने गरेको छ,’’ देवकोटाले भन्नुभयो । आजभोलि एक घारको रु १० हजारसम्ममा बिक्री हुने गरेको छ । गएको वर्ष मात्र करीब ४५ घार मौरी बिक्री गरेको उहाँले जानकारी दिनुभयो । 

पहिला मह मात्र उत्पादन गर्ने उद्देश्यले मौरीपालन केन्द्र खोलेको भए पनि महको बजारसँगै मौरीसहितको घारको बजार पनि बढ्न थालेपछि घार बिक्री गर्न थालेको कृषक देवकोटा बताउनुहुन्छ । 

मौरीपालन व्यवसायका लागि फूल फुल्ने जातका तरकारी बाली तथा फलफूल खेती पनि आवश्यक पर्ने भएकाले समय अनुसारका विभिन्न खेतीबालीसमेत गर्दै आएको कृषक देवकोटाको भनाइ छ । ‘‘मौरीपालनका लागि चरन क्षेत्र आवश्यक पर्ने भएकाले मौसमअनुसार घर वरिपरि तोरी खेती पनि गर्दै आएको छु,’’ देवकोटाले भन्नुभयो,“चिलाउने, टाँकी, कटुसलगायतका बोटबिरुवाका फूल मौरीले मन पराउने हुँदा त्यस्ता खालका बोटबिरुवा समेत हुर्काउँदै गरेको छु । 

बढी फूल फूल्ने मौसममा राम्रो ध्यान दिन सके एक घार मौरीबाट तीनदेखि छ घारसम्म बनाउन सकिने उहाँले बताउनुभयो । उहाँले मौरीलाई खानेकुराको अभाव भएमा वा घारमा केही वस्तुले दुःख दिएमा एक घारको मौरीले अर्को घारको मौरीलाई दुःख दिने भएकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । मौरीपालनका लागि जिल्ला कृषि विकास कार्यालय गोरखाबाट रु दुई लाख अनुदान प्राप्त भएको देवकोटाले बताउनुभयो । 
–– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video