अर्थतन्त्र/सेयरबजार
Oct 03, 2018
शेयरको मूल्य दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा
 काठमाडौँ, १७ असोज  धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलब ७६ बिन्दुले घटेर एक हजार २३० दशमलब ६० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३९ बिन्दुले घटेर २६१ दशमलब १ बिन्दुमा पुगेको छ । 

नेप्से परिसूचक मात्रै नभई कारोवार रकममा समेत आज घटेको छ । कूल १६५ कम्पनीको १४ लाख ३६ हजार ५१२ कित्ता शेयर रु ३७ करोड ४० लाख ४९ हजार ८७५ मूल्यमा खरीद बिक्री भएको छ । 

स्टकका अनुसार कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर भने बढेको छ । बाँकी रहेका नौ उपसमूहको भने शेयर घटेको छ । व्यापार ४ दशमलब २२ र होटल ५ दशमलब ५६ बिन्दुले बढ्दा बैंकिङ १० दशमलब १२, विकास बैंक ११ दशमलब ५२, जलविद्युत् १५ दशमलब १४, वित्त ३ दशमलब ३३, निर्जीवन बीमा ५१ दशमलब ३८, उत्पादन ६ दशमलब ५२, अन्य ८ दशमलब ७५, माइक्रोफाइनान्स ९ दशमलब ७५ र जीवन बीमा ३७ दशमलब ४५ बिन्दुले घटेको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video