नुवाकोटको घ्याङफेदीमा आइचर दुर्घटना, दुई दर्जन बढीको मृत्यु भएको आशंका, प्रहरी घटना स्थलमा पुग्दै  |  नुवाकोटमा केहि बेर अघि आईचर दुर्घटना केही मानिसको मृत्यु भएको आसंका, प्रहरी घटना स्थलमा पुग्दै  |  ‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान ः ‘विश्वमा शान्ति कायम गरौं’  |  मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता  |  २५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा  |  अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी  |  सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा  |  पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते  |  सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह  |  ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव
राजनीति
Oct 03, 2018
निर्वाचन आयोगलाई आवधिक निर्वाचनका कार्यतालिका बनाउन सुझाव
 काठमाडौँ,  असोज १७ । निर्वाचन आयोगलाई सङ्घीय, प्रदेश र स्थानीय तहको आवधिक निर्वाचनका कार्यतालिका बनाउन सुझाव दिइएको छ । 

राज्यव्यवस्था समितिको आजको बैठकमा सदस्यले आयोग पदाधिकारीलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी बनाउन निर्वाचन कार्यतालिका आवश्यक रहेको बताउनुभयो । 

बैठकमा सदस्यले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिइनुपर्ने, दलित तथा महिलाका लागि निर्वाचन क्षेत्रको आरक्षणसम्बन्धी व्यवस्था हुनुपर्ने तथा निर्वाचनको समयमा हुने आर्थिक अपचलनलाई रोक्ने प्रभावकारी संयन्त्र गठन हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । 

ठूलो मतपत्र र धेरै निर्वाचन चिह्न भएका कारण मत खेर जाने अवस्थालाई रोक्न जिल्लास्तरमा मतपत्र छपाइको संयन्त्र बनाउन आयोगलाई सुझाव दिँदै उहाँहरुले समानुपातिक निर्वाचन प्रणाली महिलालाई मात्रै हो कि भन्ने विषयमा सुधार ल्याउने नीति बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

सदस्यको जिज्ञासाको जवाफ दिँदै निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले आगामी दिनमा राजनीतिक दलबाटै निर्वाचन शिक्षा अघि बढाउँदा अझ प्रभावकारी हुन्छ भन्ने आयोगको बुझाइ रहेको धारणा व्यक्त गर्नुभयो । निर्वाचन आचारसंहिता सरकारमा बसेकालाई कडा र प्रतिपक्षमा बसेकालाई खुकुलो लाग्नु स्वाभाविकै रहेको बताउँदै उहाँले निर्वाचनको समयमा उम्मेदवारबाट भएको बुझाइने खर्चको विवरण र तथ्यमा मेलखाने अवस्था नरहेका बताउनुभयो । 

एकै वर्षमा आठ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको विश्वका कुनै देशमा पनि उदाहरण नरहेकाले निर्वाचन आयोगको नाम गिनिज बुक अफ रेकर्डसमा दर्ता गराउने कार्यमा सहयोग पु¥याउन पनि उहाँले समितिसमक्ष आग्रह गर्नुभयो । बैठकमा आयोगका पदाधिकारी एवं उच्च अधिकृतको सहभागिता थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video