पर्यटन /बिबिध समाचार
Oct 04, 2018
ज्यालादारीसरह सेवा सुविधा माग गर्दै प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयमा मिटर रिडरको धर्ना
 जनकपुर –नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीसरह सेवा सुविधा पाउनुपर्ने माग गर्दै मिटर रिडर धर्नामा बसेका छन् । प्राधिकरण केन्द्रीय कार्यालयले गत भदौ १७ गते गरेको ५ बुुँदे निर्णय अनुसारको सेवा सुविधा माग गर्दै मिटर रिडरले मंगलबारबाट जनकपुर क्षेत्रीय कार्यालयमा अनिश्चितकालिन धर्ना सुरु गरेका हुन् । गोटा गन्तीमा काम गरिरहेका १ सय ५५ जना मिटर रिडरलाई ज्यालादारीको श्रेणीमा राख्न माग गर्दै धर्ना सुरु गरेको छन।मिटर रिडर संघर्ष समितिका सचिव उज्वल झाले बताए । ‘केन्द्रीय कार्यालयले ज्यालादारीको माग सम्बोधन गरेर सेवा सुविधा दिने निर्णय गर्यो,’ उनले भने,‘यो सुविधा पाउनबाट हामी बन्चित भएका छौं । हामी माथि ठूलो विभेद भयो । महोत्तरी,धनुषा,सिरहा,सपतरी, जिल्लाका मिटर रिडरलाई पनि पहाडी जिल्लाको सरह ज्यालादारी श्रेणीमा राख्नु पर्ने उनको माग छ । घर गन्तीका आधारमा पाउने तलब सुविधाले परिवार चलाउन समस्या भएकाले आफुहरुलाई पनि ज्यालादारीको श्रेणीमा राखेर एकरुपता कायम गरिनु पर्ने उनको भनाइ छ । प्राधिकरणले सर्कुलर गरेको निर्णय अनुसार:- १.काम गरेको प्रत्येक दिनको नियमनअनुसार ज्याला (मासिक तलब) २.कार्य प्रकृतिअनुसार सिफ्ट काममा लगाइए सिफ्ट भत्ता, ओभरटाइम (अतिरिक्त कामको ज्याला) ३.कार्यालयको कामको सिलसिलामा अन्य ठाउँमा पठाउनु परे तोकिएअनुसार भ्रमण भत्ता, ४.कामको क्रममा दुर्घटना भए उपचार खर्च उपलब्ध गराउने ५.प्राधिकरणबाट निर्माणाधीन जलविद्युत आयोजनामा सेयर लगानीको व्यवस्था गरिने निर्णय भएकाे थियाे । याे सुविधाबाट जनकपुर र बिराटनगर क्षेत्रीय कार्यालयका तराईका जिल्लामा कार्यरत मिटर रिडर बन्चित भएका छन् । बिराटनगर श्रेत्रीय कार्यालय अन्तरगत १ सय ५२ मिटर रिडर कार्यरत छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video