शिक्षा /स्वास्थ्य
Oct 04, 2018
६० प्रतिशत सस्तो औषधि भएको जिकिर
 काठमाडौँ,  असोज १८ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले ६० प्रतिशतसम्म सस्तो मूल्यमा औषधि बिक्री गरेको जिकिर गरेको छ । 
सेवाग्राही बिरामीलाई आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी औषधि त्यहाँको औषधि पसलमा रहेको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारी अस्पतालले अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गर्नुभएको थियो । 

प्रसूति तथा स्त्रीरोगको केन्द्रीय सो अस्पतालको स्वीकृत श्यया ३५० भए पनि हाल ४१५ श्यया सञ्चालन गरिरहेको छ । अस्पतालमा आमा सुरक्षा कार्यक्रम, निःशुल्क नवजात शिशु उपचार कार्यक्रम, निःशुल्क पाठेघर खस्ने रोगको उपचार तथा शल्यक्रियासमेत भइरहेको छ । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video