समाज
Oct 05, 2018
अपराधि भगाएकाे भन्दै गाेटीखेल पुलिस चाैकीमा अागजनी

अंग्रिसा केसी, ललितपुर ।   ललितपुरमा प्रहरीले नै अपराधीलाई भगाएको भन्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन् । जिल्लाको महाकाल गाउपालिका गोटिखेलमा बुधबार राति एक युवकले स्थानीय १३ बर्षीया बालिकालाई उनकै घरको कोठामा घुसेर बलात्कारको प्रयास गरेका थिए ।

आफ्ना भित्रि बस्त्रसमेत खोलेर बालिकालाई जबर्जस्ती गर्न खोजिरहेको अवस्थामा आमाबुलाले देखेपछि ति युवक नांगै भागेका थिए । बालिकाका आमाबाबुले गुहार मागेपछि भाग्दै गरेको अवस्थामा छिमेकीले ति युवकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टंगोलमा बुझाएको महाकाल गाउपालिकाका प्रमुख रामचन्द्र दाहालले बताए ।

बालिकाको कोठाबाट ति युवकको पाइन्ट र भित्रि बस्त्र (अन्डरवेयर) समेत बरामद भएको गाउपालिका प्रमुख दाहालले बताए । प्रमुख दाहालका अनुसार बालिकालाई बलात्कारको प्रयास गर्न खोज्ने ति युवकलाई स्थानीयले प्रहरीलाई बुझाए पनि प्रहरीले सोधपुछ गर्नका लागि भित्र बोलाएको र त्यहि मौकामा झ्यालबाट भगाएको हो ।
‘बाहिर चौकीको अगाडी हामी सँगै बसेका छौं, भित्र कोठामा लागेको अपराधी पछाडि झ्यालबाट भगाए’ प्रमुख दाहालले भने- ‘मान्छे भाग्ला है भन्दा भन्दै पनि, हैन भित्र छ भनेर हामीले गुमराहमा राखियो र प्रहरीको मिलेमतोमा अपराधी भगाइयो ।’

जनप्रतिनिधिसहित पिडित परिवार र स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै प्रहरी चौकीको ढोकामै धर्ना दिइरहेको अवस्थामा प्रहरीले ति युवकलाई झयालबाट भगाएको घटनास्थलबाट दाहालले बताए । ति युवकको पूर्णरुपमा पहिचान हुन नसके पनि नजिकै घर बनाउने ठाउँमा आएको कामदार भएको बुझिएको उनले बताए ।

यस विषयमा बुझ्न खोज्दा प्रहरी सम्पर्कमा नै आउँन चाहेन । इलाका प्रहरी कार्यालय टंगोल सम्पर्क नआएपछि चापागाँउ प्रहरीलाई समेत हामीले बारम्बार सम्पर्क गर्न खोज्दा फोन उठेन् । त्यहाँको अवस्था अहिले पनि तनावग्रस्त छ । प्रतक्ष्यदर्शीका अनुसार अहिले चापागाँउ प्रहरी वृतबाट डीएसपीको नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

यस विषयमा हामी निरन्तर अपडेटमा छौं । 
तस्वीर क्रेडिट: अनुप शर्मा


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video