अर्थतन्त्र/सेयरबजार
Oct 05, 2018
होमस्टे एशोसिएसनको दोस्रो राष्ट्रिय अधिवेसन स्थगीत, असोज २९ को केन्द्रीय समितिको बैठकले समय तोकिने
काठमाण्डौं । असोज १९ । विश्व पर्यटन दिवसको अवसरमा “पर्यटन मार्फत समृद्धि“ नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
नेपाल पर्यटन बोर्डको सहयोग तथा होमस्टे (घरवास) एशोसिएसन नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेल पर्यटन मार्फत नेपाललाई समृद्धिमा लैजान मद्धत पुग्ने बताए । 
नेपाल पर्यटन बोर्ड भृकुटिमण्डप काठमाडौं मा सम्पन्न भएको उक्त कार्यक्रममा पर्यटन विद् प्रतिक ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए । ३९ औ विश्व पर्यटन दिवस -27 sep 2018_ को अवसरमा नेपाल पर्यटन बोर्ड मा आयोजित कार्यक्रममा “पर्यटन मार्फत समृद्धि “ विषयक   कार्यपत्र माथी सरोकारवालाहरु विचमा भएको छलफलको निष्कर्ष संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश गरिएको दिए ।
सोहि दिन नेपाल पर्यटन बोर्ड भृकुटिमण्डप काठमाडौंमा सम्पन्न होमस्टे (घरवास) एशोसिएसन नेपाल (होसान) को सचिवालय स्तरको बैठकले मिति २०७५ असोज १९ र २० गते प्रिपहर सामुदायिक होमस्टे नवलपरासीमा सम्पन्न गर्ने भनिएको होमस्टे एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय अधिवेसन विविध प्राविधिक कारणवश स्थगित भएको र २०७५ असोज २९ र ३० गते केन्द्रिय समितिको बैठक बसि दोस्रो राष्ट्रिय अधिवेसनको मिति र स्थान टुङ्गो लगाउने र कमल नेपाल (माउण्ट महाभारत होमस्टे काभ्रे)  लाई केन्द्रिय सदस्य तथा केन्द्रिय प्रचार ( प्रचार संयोजकको भुमिकामा समेत मनोनयन गरिएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video